१६ चैत्र २०८०, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि

Khabarsabaiko मंगलबार, आश्विन ०६, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ।

अाजै  कोरोनाबाट ८२३ मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ।

हालसम्म मृतक ४२९ जनामा कोरोना पुष्टि भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्