१५ चैत्र २०८०, बिहिबार

दुई महिनादेखि उनापानीबासी सञ्चार विहिन

Khabarsabaiko सोमबार, आश्विन १९, २०७७

हुुम्ला–सर्केगाड गाउपालिका–३ उनापानी गाउँ दुई महिना देखि सञ्चार विहिन भएको छ । गाउँभन्दा ५ मिटर उचाईमा रहेको टावर श्रावण अन्तिम साताबाट बिग्रेपछि सिंगो गाउँ सञ्चार विहिन भएको हो । नेपाल टेलिकमको टावर बिग्रेपछि सर्केगाड रिप,उनापानी,छयागी गाउँका करिब ४ सय भन्दा बढी घरधुरी सेवाबाट बञ्चित भएका छन् ।
टेलिफोन बिग्रेपछि काठमाडौ रहेको छोराको अवस्था खबर थाहा पाउन नसकेको सर्केगाड–३ की स्थानीय छैका रावतले दुखेसो गरिन । श्रावण अन्तिम सातादेखि टावर बिग्रेर मर्मत नहुदा ३ घण्टा पैदल हिडेर आफुहरु समस्या भएको रावत बताइन् । टेलिकमको रेडियो लिकं टावर मर्मत नहुदा महिनौदेखि स्थानीयहरु सञ्चार विहिन भएका छन् ।

पटक पटक नेपाल टेलिकम सिमकोट कार्यालय जानकारी गराउदा समेत मर्मत गर्न नआएको स्थानीयहरु गुनासो रहेको छ । यता नेपाल टेलिकम हुम्लाका अनुसार लकडाउनका कारण आवश्यक सामानहरु नआउदा समस्या भएको जनाएको छ । केही दिन सामान सहित प्राविधिक टोली खटाउने नेपाल टेलिकम हुम्लाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्