१६ चैत्र २०८०, शुक्रबार

नेपाल प्रहरीले सार्वजनिक गर्यो नेकपा(विप्लव) हुम्लाका जिल्ला सेक्रेटरी

Khabarsabaiko शनिबार, आश्विन २४, २०७७

असोज २१ गते राती ३ बजे प्रहरीले घरबाटै गिरफ्तार गरेका विप्लव हुम्लाका सेक्रेटरी कुम्भ बुढालाई २३ गते बेलुकी एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय, हुम्लाले सर्वजनिक गरेको छ ।

राज्य विरूद्धको अभियोगमा यस अघिनै मुद्धा बुढाको नाममा रहेकोले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक सुर्यप्रकश सुवेदी सर्बजनिक कार्यक्रममा जनाए । त्यति मात्र नभएर सो समुहले चन्दा असुलि, धाकधम्की, राज्य विरूद्दको गैरकानुनी तथा अवान्छत् गतिविधिहरू सञ्चालन गरिरहेकोले नेपाल प्रहरीले कार्वाही गर्न बाध्य भएको उनले बताए ।

अव कानुनी प्रकृया अनुसार कार्य अगाडि बढाउने जिल्ला प्रहरी कायार्लय हुम्लाले जनाएको छ ।

घरमा बसेको अवस्थामा युद्ध सैलिमा पक्राउ गरेको अरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी भेरी कर्णाली ब्यूरोले विना शर्त रिहाइको माग सहित असोज २२ गते विज्ञप्ति जाहेर गरेको छ ।

अघिल्लो समाचार पढाैं https://www.khabarsabaiko.com/details/10183.html

यहाँ कमेन्ट गर्नुहोस्