०८ बैशाख २०८१, शनिबार

हुम्लाको नाम्खा थप ८ जना कोरोना पुष्टि संक्रमित संख्या १२ पुग्यो

Khabarsabaiko शनिबार, कार्तिक २९, २०७७

हुम्ला–नाम्खा गाउँपालिकामा थप ८ जना कोरोना भाइरसको संक्रमण देखिएको छ । चार जना कोरोना पुष्टि भएको दुई दिनपछि नाम्खा गाउँपालिकामा थप ८ जनामा कोरोना देखिएको हो ।
सुर्खेतमा गरिएको नुमना परिक्षणमा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिहंले जानकारी दिए । पालिका केन्द्रमा रहेको याल्वाङको महाबौद्ध माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएको प्रमुख सिहंले बताए । सुमदाय स्तरमै कोरोना भाइरसको संख्या बढेपछि जिल्ला अस्पताल हुम्लाबाट चिकित्सक सहितको टोली नाम्खा गाउँपालिका केन्द्र याल्वाङ्ग तर्फ हिडेको प्रमुख सिहंको भनाई छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्