०४ बैशाख २०८१, मंगलबार

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

Khabarsabaiko मंगलबार, मंसिर २३, २०७७

यसअघि सगरमाथाको उँचाइ ८८४८ रहेकोमा मंगलबार नापी विभागले सगरमथाको नयाँ उँचाइ ८८४८.८६ मिटर गरिएको घोषणा गरेकोछ।

नयाँ उँचाइ नेपाल र चीनबीचको संयुक्त टोलीबाट घोषणा गरिएको हो। नेपालले मापन कार्य ८ जेठ २०७६ बाट सुरू भएको थियो ।
नापीका लागि विभागका प्रमुख नापी आधिकृत खिमलाल गौतम संयोजकत्वको एक टोलीले सगरमाथा पठाएर उँचाइ मापन कार्य गरिएको थियो।

२५ असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमण हुँदा सगरमाथाको उँचाइ घोषणा गरिने उल्लेख भएको थियो। साेहि बमोजिम दुई देशबीचको भएको सहमति अनुसार संयुक्त उँचाइ घोषणा गरिएको नापी विभागले जानकारी दिएको छ।

यस अघि सगरमाथाको उचाइ नेपालले ८८४८ र चीनले ८८४४.४३ मिटर मान्दै आएको थियो।

यो संगै अब दुइ देशको उचाइको फरक धारणा नहुने भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्