१६ चैत्र २०८०, शुक्रबार

गजल

Khabarsabaiko बुधबार, पुष ०१, २०७७

त्यो अर्कैको थियो मेरो भाग्यमै थिएन त म के गरु
मेहनत गरेकै हो समयले साथ दिएन त म के गरु ?

ब्युझिएर बिहान अरुभन्दा एककदम हिडुला भन्थे

छट्पटिएर रातभर निदाउनै सकिएन,त म के गरु
कस्ले भन्यो प्रतीक्षाको फल मीठो हुन्छ भनेर मैले कत्ती पर्खिए तर उ कैले पनि फर्खिएन त म के गरु
के था प्वाल छ भनेर मैले सोचेथे बिसाल छ पानी झै
मैले दिएकै हो प्रेम तिम्रो दिल भरिएन त,म के गरु
घाम लिन आसमान गएको थिए म फर्किए उ-दायो
म आउनु अघाबै,तिम्रो शरीर सम्हालिएन त म के गरु
चोर चिनेर कुकुर झै म कत्ती जोरले चिच्याए,मालिक
यो देसको कानुनले नै अपराधि पक्डिएन,त म गरु?
✍️सुजन बुढाथोकी
रतुवामाइ,मोरङ्ग

यहाँ कमेन्ट गर्नुहोस्