१६ चैत्र २०८०, शुक्रबार

डेढ वर्ष सम्म पनि पाएनन् कामदारले ज्याला

Khabarsabaiko मंगलबार, पुष ०७, २०७७

हुम्ला– हिल्सा सिमकोट खण्ड अन्तरगर्त हेप्का खोलाको पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गर्न थालेका छन् ।
०७६ साल भदौ २७ गतेबाट नियमित रुपमा काम खटिएका कामदारले डेढ वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् ।
सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्का खोलाको पुल निर्माण खटिएका कामदारलाई ठेकेदारले डेढ वर्षदेखि काम गर्दा सम्म ज्याला नपाएको गुनासो गदै आएका छन् ।
०७४साल श्रावण ६ गते सम्झौता भएर ०७६ साल श्रावण १५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको सपना धुलिखेल जेविका प्रतिनीधि तेजबहादुर महतले हिल्सा सिमकोट योजना कर्यालयसँग सम्झौता गरेका छन् ।
HSRP/३३७३२०/४/०७३/०७४/०१४ नम्बर ठेक्का रहेको यो पुल निर्माणमा खटिएका कामदारले हालसम्म करिब १९ लाख रुपैया रकम नपाएको काममा खटिएका कामदार प्रमुख खुसिराम थारुले गुनासो गरे ।

पुल निर्माण गर्ने क्रममा कामदारहरुलाई पहिलो पटक पेश्की रकम दिन भनिएता पनि ठेकेदारको लापरबाहीका कारण हालसम्म पनि काम गरेको रकम नपाएको थारुले गुनासो गरेका छन् ।

होटेल तथा पसलका साहुसँग क्रृण सापट मागेर खर्च चलाउदै आएको उनले बताए । हेप्का खोलाको पुल निर्माण गर्ने कामदारहरु १२ जना कैलाली जिल्लाका रहेका छन् । पटक पटक ठेकेदार र हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हार गुहार गर्दा समेत कुनै कुराको सुनुवाई नभएको कामदार थारुले बताए । पुल निर्माणका जिम्मा लिएका सपना धुलिखेल जेविका प्रतिनीधि तेजबहादुर महतसँग टेलिफोनमा सम्पर्क गर्न खोज्दा फोन अफ गरेर बसेका छन् । दुई वटा पुलको जिम्मा लिएका ठेकेदार नै सम्पर्क बिहिन भएर बस्न थालेका छन् ।

यता हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाका अनुसार काममा कामदार लगाएपछि पैसा ठेकेदारले दिनुपर्ने जनाएको छ । केन्द्रबाट बजेट नआएर पनि समस्या भएको हो अब पुल निर्माणका लागि अर्थमन्त्रायालमा १० करोड बजेट माग भएको हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्ला प्रमुख बेलबहादुर नेपालीले बताए । पुल निर्माण हुदा पेश्की रकम लिएपछि ठेकेदारले कामदार दिनुपर्छ प्रमुख नेपालीको भनाई छ । पुल २५ मिटर लम्बाई १४.३३ मिटर उचाई र ८ मिटर चौडाईको पुलमा हिल्सा सिमकोट कार्यालयसँग सपना धुलिखेल जेविका प्रतिनीधिले ११ करोड २ लाख ९० हजार ५ सय ४७ रुपैया २२ पैसामा सम्झौता भएको छ ।

फोटोः नरजन तामाङ

फोटोः नरजन तामाङ

 

यहाँ कमेन्ट गर्नुहोस्