१६ चैत्र २०८०, शुक्रबार

विश्व हिन्दू परिषद् नेपालले नेकपा (प्रचण्ड–माधव नेपाल समूह) ले पशुपतिनाथको अपमान गरेको आरोप

Khabarsabaiko शनिबार, फाल्गुण ०१, २०७७

फाल्गुन १, काठमाण्डौ – नेकपाले पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद् नेपालले विरोध कार्यक्रम सञ्चालन गरेको छ। विरोध कार्यक्रममा जुलुस तथा  नेकपा (प्रचण्ड–माधव नेपाल समूह) का नेताहरुको  पुतला समेत दहन गरेका छन् ।

कार्यक्रम जनकपुर, विराटनगर, पोखरा लगायतका देशका प्रमुख शहरहरुमा सञ्चालन गरेका छन् ।

मिति २०७७ माघ २८ गते सरकार विरुद्धको राजनैतिक विरोध ¥यालीको क्रममा नेकपाका नेताहरुले पशुपतिनाथ विरुद्ध अभद्र टिप्पणी गरेका भन्दै विरोध कार्यक्रम गरेका हुन् ।

राजनेता द्वारा नै राष्ट्रदेव भगवान पशुपतिनाथको अपमान गरिएको भन्दै परिषद्ले प्रेस विज्ञप्ति समेत निकालेकोछ।

यहाँ कमेन्ट गर्नुहोस्