१६ चैत्र २०८०, शुक्रबार

मानधारा माध्यामिक विद्यालयका विद्यार्थीहरूले सरस्वती पुजाकाे अवसरमा विद्यालयका हाताभित्र बृृृक्षाराेपण गरे

Khabarsabaiko बुधबार, फाल्गुण ०५, २०७७

नरजन तामाङ
हुम्ला- मानधारा माध्यामिक विद्यालय भकुण्डाका विद्यार्थीहरूले विद्यालय हाताभित्र वृक्षराेपण गरेका छन् ।
खार्पुनाथ गाउँपालिका -५ मा रहेकाे मानधारा माध्यामिक विद्यालयका विद्यार्थीहरूले सरस्वती पुजाकाे अवसरमा विद्यालयका हाताभित्र बिरुवा राेपेका हुन् ।

अधिकांश विद्यालयमा पुजाआजा र रमाईलाे भएपनि मानधारा माध्यामिक विद्यालयमा स्याउ,ओेखर राेपेर मनाईएकाे मानधारा माध्यामिक विद्यालयका प्राधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिए ।

गाउँपालिकाबाट प्राप्त १ सय ओेखर र स्याउका बाेटाहरू विद्यालयकाे वरिपरि राेपेर सरस्वती पुजा मनाएकाे प्राधानध्यापक शाहीले बताए । सरस्वती पुजाकाे अवसरमा विद्यालय हाताभित्र विरुवा राेपेर उत्साहका साथ पुजापाठ गरिएको शाहीले भने ।

यहाँ कमेन्ट गर्नुहोस्