१६ चैत्र २०८०, शुक्रबार

रेलको बाटो गितको छायाँकङ्कन अब हुम्लामा

Khabarsabaiko शनिबार, चैत्र २८, २०७७

हुम्ला– ‘रेलको बाटो पुग्दै छ रे तिमि बस्ने शहरैमा हुम्ला कहिले मोटर आउला”  बोलको गित अब हुम्लामै छायाँकङ्कन हुने भएको छ ।
यस अघि कर्णाली प्रदेशको डोल्पा जिल्लामा छायाकङ्कन गरिएको यो गित अब हुम्लाकै छायाँकङ्कन हुने भएको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिदा हुम्लीबासीले यातायात,स्वास्थ्य शिक्षा लगायतका क्षेत्रका समस्या समेटी रचिएको यो गितको छायाँङ्कन हुम्लामै हुन थालेको निर्देशक लक्ष्माण सुनारले जानकारी दिए ।

डोल्पा र हुम्लाको भुगोल एउटै भएकोले यस अघि डोल्पा जिल्लामा छायाँङ्कन भएको र सर्जकहरुले हुम्लामै छायाँङ्ककन गर्ने माग भएपछि टोली हुम्ला पुगेको निर्देशक सुनारको भनाई छ । यस अधि डोल्पामा गरिएको छाँयाङ्ककनमा केटाको स्वर थियो भने अब केटीको स्वरमा हुम्लामा छायाँङ्ककन हुने निर्देशक सुनारले बताए । हुम्ला जिल्लामा छायाँङ्कन गर्दा बढी खर्चिलो छ निर्देशक सुनारले खबरसबैकोसँग भने ।

सर्जक लेखराज गिरीको शब्दमा रचिएको यो गित यस अधि स्वरमा सुरज पण्डितको रहेकामा अव सुर्खेती कलाकार स्मृती शाही को स्वरमा हुनेछ ।

छाँयाङ्कनका लागि निर्देशक लक्ष्मण सुनार, कलाकार चिरञ्जिवि सपकोटा, सरस्वती खत्री र लक्ष्मण देवकोटा लगायतको टोली गितको छायाँङ्ककन गर्न हुम्लामा पुगेका छन् ।

पछिल्लो समय यो गितले सर्वाधिक चर्चा पाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्