१६ चैत्र २०८०, शुक्रबार

नेपाल पत्रकार महासंघ हुम्लाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न

Khabarsabaiko आइतबार, बैशाख ०५, २०७८

नेपाल पत्रकार महासंघ हुम्लाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बसेको छ ।नवनिर्वाचित अध्यक्ष राजन रावतको अध्यक्षतामा बैठक बसेको बैठकले विभिन्न  प्रश्तावमा छलफल गरिएको छ ।

बैठकले हुम्ला महासंघ लाइ व्यावस्थित बनाउन अाफ्नै कार्यालय स्थापना गर्ने, सरोकारवाला संंग परिचयात्मक कार्यक्रम सञ्चालन गर्ने र हुम्लाका सञ्चार कर्मिको क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने लगाएका निर्णय भएकाे छ ।

बैठकले चैत २५ गते सम्पन्न महासंघको निर्वाचनमा खटिएका निर्वाचन समिती,सुरक्षाकर्मी,हल उपलब्ध गराउने जिल्ला समन्वय समितीका साथै पूर्वपदाधिकारी, अन्य सरोकारवाला निकायलाई धन्यवाद दिने निर्णय समेत गरेकाे जानकारी सचिव नन्द सिंहले खवर सबैकोलाइ जनाकारी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्