१५ चैत्र २०८०, बिहिबार

हुम्लामा गाउँ पिच्छे संक्रमित

Khabarsabaiko सोमबार, जेठ १०, २०७८

हुम्ला- गाउँ पिच्छे नै कोरोना संक्रमित फेला पर्न थालेका छन् । ७ स्थानीय तह रहेको हुम्ला जिल्लाका ६ स्थानीय तहमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् ।
आइतबार मात्रै खापुनार्थ गाउँपालिका –१ को गोप्का गाउँमा एकैघरका तीन जना र अन्य दुई जना गरी दुईको अवधिमा ५ जना कोरोना संक्रमणको पुष्टि भएको छ ।
गाउँमा एकैघरका तीन जना संक्रमणको पुष्टि भएसँगै गाउँनै सिल गरिएको छ ।

गाउँ नै कोरोना उच्च जोखिम बढेपछि सिल गरिएको खापुनार्थ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मगुसिहं बुढाले जानकारी दिए । गोप्का गाउँ एकसाताका लागि सिल गरिएको वडाध्यक्ष बुढाले बताए ।

जिल्लाका ६ गाउँपालिका विभिन्न वडाहरुमा गाउँस्तरमा कोरोना परिक्षणको दायरा बढ्उन थालिएपछि १ सय १३ जनालाई कोरोना संक्रमण पुष्टि देखिएको छ । चंखेली,अदानचुली,सर्केगार्ड,ताजाँकोट,खापुनार्थ,र सिमकोट गाउँपालिकामा दिनप्रतिदिन संक्रमित बढ्दै गएका छन ।

हालसम्म ७ सय ५५ जनाको कोरोना परिक्षण भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताए ।
३८ जना कोरोना जितेर घर फर्किए
कोरोना भाइरसका संक्रमण देखिएका ३८ जना कोरोना संक्रमणसँग जितेर घर फर्किएका छन । जिल्ला विभिन्न स्थानमा होम क्वारेन्टाइन र आइसोलुसनमा रहेका ३८ जना कोरोना संक्रमणबाट जितेर घर फर्किएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्