१५ चैत्र २०८०, बिहिबार

बिहीबार ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

Khabarsabaiko बिहिबार, जेठ २०, २०७८

नेपालमा बिहीबार ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९ सय ४ छ।
२१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्।

कोरोनाबाट पछिल्लो २४ घण्टामा ७५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै अहिलेसम्म कोरोनाबाट नेपालमा सात हजार छ सय ३० जनाको मृत्यु भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्