१६ चैत्र २०८०, शुक्रबार

कर्णाली करिडोर खुलालु–लैफु सल्लीसल्ला सडक हस्तान्तरण

Khabarsabaiko बिहिबार, आषाढ ३१, २०७८

हुम्ला–नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोर खुलालु–लैफु सल्लीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तरगर्त हिल्सा सिमकोट योजनालाई हस्तान्तरण गरेको छ ।
रक्षा मन्त्रालय अन्तरगर्त नेपाली सेनाको जिम्मेवारीमा रहेको कर्णाली करिडोर सडक निर्माण कार्यदलले निर्माणधिन कर्णाली करिडोर खुलालु लैफु सल्लीसल्ला सडक आयोजनाको सेनाले जिम्मा लिएको थियो ।
०७१ साल चैत ९ गते निर्माण सुरु भएको १ सय २२ दशमलब ७५ किलोमिटर सडक निर्माण सम्पन्न गरी नेपाली सेनाले हिल्सा सिमकोट सडक योजनालाई हस्तान्तरण गरेको कर्णाली करिडोर सडक निर्माण कार्यदलका मेजेर मिलन कार्कीले जानकारी दिए ।
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–१ खुलालु लैफुहुदै बाजुरा जिल्लाको सीमा लैफुडाडाँ देखि हुम्लाको सल्लीसल्ला सम्पन्न सडक निर्माण कार्य सम्पन्न गरी हिल्सा सिमकोट योजना प्रमुख विसुन दास लामालाई हस्तान्तरण गरेको निर्माण कार्यदलका मेजर कार्कीले भने ।

हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्ला योजना प्रमुख,बाजुरा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र मल्ल,र स्थानीय जनताहरु भेला भई सडक हस्तान्तरण गरेको निर्माण कार्यदलका मेजर कार्कीको भनाई छ । कर्णाली करिडोर खुलालु लैफु–सल्लीसल्ला सडक हस्तान्तरणका क्रममा बोल्दै हिल्सा सिमकोट सडक योजनाका प्रमुख विसुन दास लामाले खुलालु देखि सल्लीसल्ला सम्म १ सय २२ दशमलब ७५ किलोमिटर सडकको अध्ययन गरी १२ महिना यातायात सञ्चालन गर्ने बताए । सडको स्तरोन्नती एवम पुल निर्माण कार्यलाई तिब्रता दिइने हिल्सा सिमकोट सडक योजना प्रमुख लामाले बताए । नेपाली सेनालाई धन्यावाद दिदै योजना प्रमुख लामाले हुम्लाको छारे चट्टान भिर कटान गर्ने समेत अनुरोध गरेका छन् ।
सेनाले हिल्सा सिमकोट सडक योजनालाई सडक हस्तान्तरण गरेसँगै हुम्लाको चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म यातायात सञ्चालन हुने भएका छन् । जिल्लाका चार वटा गाउँपालिका ताजाँकोट,अदानचुली चंखेली र सर्केगार्ड गाउँपालिका सडक सञ्जालसँग जोडिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्