१५ चैत्र २०८०, बिहिबार

दाहाल यज्ञनिधि स्मृतिमा शैक्षिक सामाग्री सहयोग

Khabarsabaiko सोमबार, साउन २५, २०७८

हुम्ला–साहित्यकार एवम वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि स्मृति दिवसको अवसरमा दुर्गमका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
दाहाल यज्ञनिधि तेस्रो स्मृति दिवसको अवसरमा हुम्लाका १५ जना गरिब विपन्न,न्युन आर्य श्रोत भएका बालबालिकालाई हस्तान्तरण गरिएको हो ।
मिर्गौला प्रत्यारोपण पछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्याकार एवम वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि तेस्रो स्मृति दिवस हो ।
सोमबार हुम्लाको सदरमुकाम सिमकोटमा दाहाल यज्ञनिधि स्मृति दिवसको अवसरमा कैलाश माध्यामिक विद्यालय डाडाँफायाका १५ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
गरिब,विपन्न,तथा न्युन आर्य श्रोत भएका १५ जना बालबालिकालाई सिमकोट गाउँपालिका अध्यक्ष,उपाध्यक्षको रोहबरमा हस्तान्तरण गरेको यज्ञनिधि स्मृति समारोह समितिका सहजिकर्ता धर्मानन्द लामाले जानकारी दिए ।
सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा,उपाध्यक्ष बलि रावत,कैलाश माध्यामिक विद्यालयका प्रध्यानाध्यापक मेजबहादुर बुढा लगायतको हातबाट बालबालिकालाई दिएको लामाले बताए ।
साहित्यकार एवम रेडियोकर्मी दाहाल यज्ञनिधिले रेडियो नेपालमा चलाएका कार्यक्रमको झल्को अहिलेसम्म कानमै गुञ्जी रहेको कैलाश माध्यामिक विद्यालय डाडाफायाँका प्रधानाध्यापक मेजबहादुर बुढाले बताए ।
आहा साहित्यकार दाहालका शब्द, स्वर उहाँका लेख, कविता मनमस्ष्किमा झलझलि आइरहेको प्रधानाध्यापक बुढाले प्रसंसा गरे ।
शैक्षिक सामाग्री हस्तान्रण गर्दै सिमकोट गाउँपालिका उपाध्यक्ष बलि रावतले कोही व्यक्ति सदाभरी सम्झिन लायक हुने बताए ।
सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले दाहाल यज्ञनिधि स्मृतिको अवसरमा दुर्गमका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको भन्दै दाहालकी धर्मपत्नी सुधा दाहाललाई विशेष धन्यावाद दिएका छन् ।

आगामि दिनहरुमा पनि यस्तै गरिब विपन्न बालबालिकालाई सहयोग अपेक्षा रहेको सिमकोट गाउँपालिका अध्यक्ष लामाले बताए ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्