१६ चैत्र २०८०, शुक्रबार

डाेल्पामा जिप दुर्घटना

Khabarsabaiko सोमबार, कार्तिक १९, २०७५

धनगिरी फडेरा

डोल्पा १९ कार्तिक

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु, दुई जना घाइते १ जना बेपत्ता भएका छन्। सदरमुकाम दुनैबाट बेलुकी ४ बजे सुपानी तर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ कालागौडा भन्ने स्थानमा दुर्घटना भएको हो । कालागौडाबाट जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु  दुई जना घाइते १ जना बेपत्ता भएको डोल्पा प्रहरीले जनाएको छ ।

घार्इते दुईको उद्दार गरि दुनै अस्पतालमा उपचार भइरहेको जनाइएको छ, भने दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन,  जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोट बस्ने ४५ वर्षीय हेमराज हमाल, सोही ठेगानाकी १८ की वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिंह कठायत सोही ठाउँका २५ वर्षीय शेरबहादुर थापा रहेका छन्। सोही नगरपालिका २ बस्ने १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका ३ बस्ने ४५ वर्षीय बुध धराला, सोही नगरपालिका २ बस्ने २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका ५ बस्ने १२ वर्षीय याम रोकाय, ठुलीभेरी नगरपालिका ५ बस्ने ३० वर्षीय भद्र रोकाय र सोही नगरपालिका ३ बस्ने अन्दाजी १७ वर्षकी मनिशा धराला रहेको जिल्ला प्रहारी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अवधेश विष्टले जानकारी दिएका छन्। १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जिप करिब २ बजेर ३० मिनेटमा ठुलीभेरी नगरपालिकाको ९ मा पर्ने कालागौँडा नजिकैको बतासे वडारमा दुर्घटना भएको हो। दुर्घटनामा परी ७ जना पुरुष र ३ जना महिलासहित १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका २ बस्ने नन्दबहादुर थापा र सोही नगरपालिका ३ बस्ने चालक दिनेश बोहोरा रहेका छन्। थापाको अवस्था सामान्य भए पनि बोहोराको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब पन्ध्र मिटर तल ठुलीभेरी नदीमा खसेको प्रहरीचौकी कालागौँडाले जनाएको छ। सबै जिल्ला अस्पतालमा राखिएको र मंगलबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्