१६ चैत्र २०८०, शुक्रबार

स्वास्थ्य चौकीलाई ३४ प्रकारका स्वास्थ्य सामाग्री वितरण

Khabarsabaiko आइतबार, पुष ०८, २०७५

राज शाही

हुम्ला, पौष ८

हुम्लाको दुर्गम गाउँको स्वास्थ्य चौकीलाई ३४ प्रकारका स्वास्थ्य सामाग्री वितरण गरिएको छ । सामाग्री सर्केगाड गाउँपालिका वडा नं ७ रोडीकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । २ लाख ४७ हजार बराबरको स्वास्थ्य सामाग्री गुड नेभर्स इन्टर नेस्ल संस्थाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा, अाज एक अनौपचारीक कार्यक्रम सहित हुम्ला सदरमुकाम सिमकोटमा हस्तान्तरण गरिएको छ।

स्वास्थ्य सामाग्रीमा डेन्टल सेट १ थान, हस्पिटल वेड २ थान, इएनटी सेट १ थान, रिचार्जवेल इमरजेन्सी लेम्प १ थान, नोटिस बोर्ड १ थान, मेडिसिन र्याक १ थान, साल्टर स्केल १थान, सुचर सेट १ थान,  म्याटिस्ट १ थान, इक्ज्यामिनेसन टेवल १ थान, डिजिटल थर्ममिटर थान १ थान, अटोक्याल्याप,  विपिस्टुमेट १ थान,  पेरिलाइट १ थान लगाएतका सामाग्री रहेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका स्वास्थ्य सुपरभाइजर छक्कबहादुर रोकायाले जनकारी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्