१६ चैत्र २०८०, शुक्रबार

हुम्लाकाे अदानचुली गा.पा.मा सामाजिक सुरक्षा भत्ता भुक्तानी बैंक मार्फत

Khabarsabaiko सोमबार, पुष ०९, २०७५

राज शाही,

हुम्ला ९ पौष

हुम्लाको सदरमुकाम सिमकोट बाट ४१ काेष दक्षिणमा अवस्थित अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता र बाल अनुदान सेवाग्राहीहरुको खाता खोलेर एकाउट पेमेन्ट गरिने भएको छ । पालिको केन्द्र श्रीनगरमा जनता बैंकको शाखा स्थापना भई संचालनमा आएपछि पालिकाले यो प्रर्णालीको सुरुवात गर्ने भएको छ । पहिलो चरणमा गाउँपालिका भरिका सामाजिक सुरक्षा भत्ता र वाल अनुदान पाउने सेवाग्राहीहरुको अद्याबधिक गर्ने कार्य सुरु भएको र यो महिना भरिमा सबै सेवाग्राहीहरुको बैंकमा खाता खोल्नका लागि सुचना प्रकाशित गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमाकान्त पाण्डेले जानकारी दिए । सेवाग्राहीको नाम अद्याबधिक गर्ने काम वडा नम्बर १ वाट सुरु गरिएको र अबको दश दिनमा नामावली अद्याबधिक तथा कम्प्युटरमा इन्ट्री गर्ने कार्य सम्पन्न गरेर खाता संचाल तथा बैंक मार्फत भुक्तानी गर्ने कार्य सुरु गरिने उहाँले बताउनुु भयो । पालिकाको यो कार्यले आर्थिक पारदर्सीता र सेवाग्राहीलाई सहज हुने पालिका अध्यक्ष दल फडेराले बताउनुु भयो । यसले पालिका भरिका सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने नछुट्ने र कोही पनि नदोहोरिने भएको हुँदा आर्थिक पारदर्सिता कायम हुने उहाँले बताउनुु भयो ।

नेपाल सरकारले ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई मासिक चार हजार, कर्णालीका साठी बर्ष नाघेका लागि मासिक दुई हजार र पाँच बर्ष मुनीका वालवालिकाहरुलाई मासिक चार सय रुपियाँ अनुदान दिदै आएको छ । यसरी बैंक मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्ने अदानचुली गाउँपालिका पहिलो गाउँपालिका हुने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्