१६ चैत्र २०८०, शुक्रबार

कालिकोटको पलातामा आगलागि – पिडित लाई राहत संकलन

Khabarsabaiko सोमबार, पुष ०९, २०७५

धनगिरी फडेरा
पुष ९
कालिकोट जिल्लाको पलाता गाउँपालिका को वडा नं.१ खाडा स्थित न्यौपाने गाऊँमा गए राति आगलागि भएको छ । आगलागि बाट ८८ भन्दा बढि घर र एक दर्जन भन्दा बढि वस्तु जलेर नष्ट भई ठुलो धनजनको क्षेति भएको छ । १०० भन्दा बढि घर भएको बस्ती बिस्थापित भएका छन्। पुरै बस्ती खरको छानो भएकाले बस्ती मा आगो लाग्दा ठुलो क्षेति भएको हो । त्यस ठाउँमा प्रहरी प्रशासन पुग्न थिर्पु बाट ४ घण्टा लाग्ने भएकाले प्रहरी पुग्दा सम्म धेरै घर जलेर नष्ट भएको थियो ।

रातीको समयमा आगो लाग्दा अन्न लत्ताकपडा सबै खरानि भएको छ। पिडित समुदाय लाई राहतको लागि बिभिन्न निकाय राहत जम्मा गर्न लागेका छन् । पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बस्ती पुनः निमार्ण गर्ने बताउनु भएको छ जसका लागि सुर्खेत बाट २ ट्रक जस्ता पात पठाउने जानकारी गर्नु भयो । प्रदेश सरकार संग समन्वय गरी कपडा र खाद्यान्न सुर्खेत देखि हेलिकप्टरमा सामान लिई वितरण गरीएको छ ।


कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही माननिय जीवन बुढा र माननिय दुर्ग बहादुर रावत माननिय कुर्मराज शाही र तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष नगेन्द्र शाही  र पलाता गाउँपालिका का अध्यक्ष लक्ष्मण बमको पहलमा कालिकोटको पलाता पुगि राहत सामाग्री वितरण गरीएको छ । राहतको सामान बोकि नेपाल सरकार गृह मन्त्रालयको हेलिकप्टर मार्फत सामाग्री पलाताको खाडा पुर्याएको हो ।
राहत संकलनमा कालिकोटका स्थानिय तह बाट पहल भएको छ, उक्त राहत रास्कोट नगरपालिका बाट रु १००००० , तिलागुफा नगरपालिका बाट रु १०००००, सान्नि त्रिवेणि गाउँपालिकाले रु २००००० र पचाल झरना गाउपालिका का अध्यक्षले कार्यपालिको बैठक बसि राहत दिने भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्