१५ चैत्र २०८०, बिहिबार

कर्णाली करिडोर सडक निर्माण कार्य तिब्ररूपमा सञ्चालन

Khabarsabaiko मंगलबार, पुष १०, २०७५

राज शाही
हुम्ला १० पौष

कर्णाली करिडोर अन्र्तगत हुम्लाकाे छारे देखि सलिसल्ला खण्डलगाएत अन्य खण्डकाे सडक निर्माण कार्य तिब्र रुपमा सञ्चालन भै रहेको छ ।  छारे देखि सलिसल्लासम्म कुल २२ किलो मिटरमा सात किलो मिटर सडक निर्माण कार्य सम्पन्न भएकाे, सडक निर्माण कम्पनी सपना धुलिखेल जेभिका स्थानीय प्रतिनिधि तेज बहादुर महतले जानकारी दिए ।

यस बर्ष हिमपातले अवराेध नगरेकाले र मुगुवाट इन्धनको व्यवस्था सहज भएकोहुँदा डोजर नियमित संचालनमा आएकाले सडक निर्माण कार्य तिब्र रुपमा भै रहेको उहाँले बताउनु भयो । उक्त खण्डको निर्माण कार्य सम्पन्न भए पछि सर्केगाड वाट छारेतर्फ सडक निर्माण गरिने महतले जानकारी दिए । ढिलोमा आगामी बैशाखसम्म उक्त खण्डको  निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे उहाँले जानकारी दिनु भयाे ।

साे खण्डमा पर्ने छारे देखि बिउबारामा कडा चट्टान भए पनि बिष्फोटक पदार्थको ब्यबस्था भएको कारण निर्माण कार्यमा कुनै कठिनाई नहुँने हिल्सा सिमकोट सडक योजनाका योजना प्रमुख इन्जिनीयर शशांक मिश्रले बताउनु भयो ।

साथै खार्पु देखि छारे खण्डको २५ किलो मिटर सडक निर्माण कार्य पनि भै रहेको र जसमा एक किलो मिटर निर्माण कार्य सम्पन्न भैसकेकाे उहाँले जानकारी दिनु भयाे ।

 

यहाँ कमेन्ट गर्नुहोस्