१६ चैत्र २०८०, शुक्रबार

गाउँपालिका नै भ्रमणमा,सहयोगीको भरमा कार्यालय

Khabarsabaiko बिहिबार, पुष १२, २०७५

अर्जुन बोहरा

सिमकोट हुम्ला पुस १२ गते

सिमकोट गाउँपालिकाले संघीयताको अवलोकन भ्रमणका लागि २० जनाको जम्बो टोली सहित भ्रमण निस्केको छ । १६ जना कार्यपालिकाका जनप्रतिनीधी, १ जना प्रमुख प्रशासकिय अधिकृत, १ जना कर्मचारी २ जना कार्यालय सहयोगी गरी २० जनाको टोली नेपालका विभिन्न स्थानहरुमा भ्रमणमा निस्कीएका हुन ।
गाउँपालिकाको सबै विकासे काम ठप्प पार्दै जम्बो टोली अन्तरजिल्ला भ्रमणमा जानु उपयुक्त नभएको भन्दै स्थानीय बासिन्दा गोरा रावतले आलोचना गर्नु भयो । हरेक दिन विकासे काम सहित शिफासिर समेत लिन आउने सेवाग्राही खाली हात लिएर र्फिता हुनु परेको सिमकोट २ निवासी लालु बोहराले बताए । अहिले केवल कार्यालय सहयोगीको भरमा गाउँपालिका संचालन भईरहेको छ ।
अन्य जिल्लामा भएका नमुना गाउँपालिकाको काम बारेमा आवलोकन गर्ने भन्दै सिमकोट र नाम्खा गाउँपालिकका कर्मचारी देखि जनप्रतिनिधीले कार्यलय सहयोगीको भरमा छोडदै हिउँ छल्नको लागि जिल्ला बाहिरको भ्रमणमा निस्कीएका हुन । यस पटक सिमकोट गाउँपालिकाले भ्रमणको लागि भन्दै २५ लाख र नाम्खा गाउँपालिकाले १४ लाखा रकम छुटाएको छ । नाम्खाको पनि कृषि अवलोकन भ्रमण भन्दै पूर्व इलमामा पुगेको छ ।
पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिको भ्रमणको मोह बढ्दै गएपछि सिमकोट गाउँपालिकाकै वडा सदस्यहरु आफुहरु लाई भ्रमण नलिएको प्रति आक्रोश पोखेका छन । सबै लाई जनताले मत दिएर जितेको कसै लाई पाखा कसै लाई काख भएर भ्रमणमा जानु उपयुक्त नभएको सिमकोट गाउँपालिका ७ की वडा सदस्य ईश्वरी सिंह बताईन । सदरमुकाम सिमकोटमै रहेको गाउँपालिकाले यस बर्ष गाउँपालिका जनप्रतिनिधी र कर्मचारीहरुसहित २०जान जम्मो टिम भ्रमणमा निस्कीयका छन । गाउँकार्य कार्यपालिका बाटै निणर्य भएको र आफु समेत भ्रमण गएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी बताउनु भयो ।जनप्रतिनिधी सहित कर्मचारी लाई भ्रमण गराउने नीतिगत निर्णय नै गरेको जानकारी दिए।

अन्य जिल्लामा रहेका गाउँपालिकामा भएका विकासका बारेमा स्थलगतरुपमा बुझेर आफ्नो गाउँपालिका लाई कसरी बनाउन सकिन्छ भन्ने बारेमा यो बर्ष भ्रमण राखिएको सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले बताउनु भयो ।
संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा सिमकोट गाउँपालिकाको २० सदस्यीय जम्बो टोली भ्रमणमा गएको छ । सरकारी पैसाको दुरुपयोग गदै सिमकोट गाउँपालिका अध्यक्ष पदम लामाको नेतृत्वमा जनप्रतिनीधी, प्रमुख प्रशासकिय अधिकृत, देखि कार्यालय सहयोगी सम्म भ्रमणमा निस्केका छन् ।
नमुना नगरपालिका र गाउँपालिकाको भएका नीति नियम र विकासका गतिविधीहरु हेर्न भ्रमण गएको प्रमुख प्रशासकिय अधिकृत, दर्जीले बताए । संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा नेपालको चितवन, धरान,इलाम, झापा,लमजुम लागायतका स्थानहरुमा भ्रमणमा निस्केको गाउँपालिका श्रोतले बताएको छ ।
सरकारी कर्मचारी सहित जनप्रतिनीधीदेखी कार्यालय सहयोगिको जम्बो टोली १० दिने भ्रमणमा हिडेपछि गाउँपालिका दैनिक महत्वपूर्ण सेवा प्रवाह रोकिएको छ ।

उता नाम्खा गाउँपाकिला भने भ्रमण नभएको र दुग्ध संकलनको सम्भावना रहेकोले जनप्रतिनीधीहरुले कृषि तर्फ बजेट विनियोजित नगर्न समस्या भएपछि कृषि अवलोकनका लाागि सोलुखम्बु र इलाम जान थालेको नाम्खा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बम नेपालीले बताए ।
यो पटक खाली जनप्रतिनीधीहरुलाई देखाउनु पर्छ भन्दै कृषि अवलोकन भ्रमण लिएको प्रमुख प्रशासकिय अधिकृत नेपालीले बताए । पशुपालन क्षेत्रमा गाउँपालिकाले बजेट छुटयाउन नमान्ने पछि त्यसलाई लक्षित गरी कृषि अवलोकन भ्रमणकोरुपमा लिएको र विशेष भ्रमण नभएको बताए । गाउँपालिका कार्यालयको भ्रमण होइन तर पशु सेवा केन्द्रबाट कृषि अवलोकन पारिएकोले भ्रमण रहेको अधिकृत नेपालीको भनाई छ ।
हुम्लामै चौरी गाईकै छुपी पाउने अबस्थामा छुप्री हेर्न सोलुखम्बु, इलाममा नाम्खा गाउँपालिका टोली पुगेको छ । भमणमा १६ जनाको टोली कृषि अवलोकन भन्दै जिल्लाबाट भदा बाहिर निस्किसकेको छ । उनले भने कृषि भ्रमण होइन कृषि अवलोकन भ्रमणका लागि गएको हो । कृषि सँग सम्बन्धित र दुग्ध संकलन सम्बन्धि भ्रमण विषयगत भ्रमण रहेको प्रमुख प्रशासकिय अधिकृत नेपालीले बताए ।
गत वर्ष चंखेली गाउँपालिका कार्यपालिकाका सम्पूर्ण टोली १५ लाखा रकम लिएर नेपालगञ्ज सुर्खेत पोखरा भ्रमण लिएको थियो । यस्तै गरी पाल्पा नगरपालिका, बर्दिया जिल्लाको गाउँपालिका लुम्बनी र चितवन भ्रमण गरेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए । १५ जना खार्पुनाथ गाउँपालिकाका जनप्रतिनीधीहरुको टोली भ्रमण निस्केको र झण्डै ७ करिब लाख खर्च भएको अध्यक्ष रावलले बताए ।गत बर्ष हुम्लाका केहि गाउँपालिकाले पनि भ्रमणका नाममा लाखौं बजेट खर्च गरेका छन्। तर कृषि, पर्यटन, भेटेनरी,स्वाथ्य र सहकारी संचालनका लगायतका क्षेत्रको अवलोकन तथा भ्रमण गर्ने भन्दै बजेट खर्च गरेको पाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्