१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा तिन महिनामा ३ हजार ८६ काटुन चीनिया रक्सि नष्ट

Khabarsabaiko बिहिबार, पुष १२, २०७५

अर्जुन बोहरा

हुम्ला पुस १२ गते
जिल्ला प्रहरी कार्यालय हुम्लाले तिन महिनाको अवधीमा ३ हजार ८६ काटुन चीनिया रक्सि नष्ट गरेको सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाले गरेको नागरिक सुनुवाई कार्यक्रममा आज सार्वजनिक गरेको हो । गएको कार्तिक महिना पहिलो हप्ता बाट जिल्लाका विभिन्न स्थानहरुबाट अवैध चीनिया मदिरा (झिनगिन्टी) बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक हरिहर खड्काले बताए ।
हुम्लाको चंखेली गाउँपालिका ५ स्थित टाँकेनाका बाट २ हजार ९ सय ८ कार्टुन चीनिया मदिरा (झिनगिन्टी) र १ सय ६० कार्टुन सिमकोट गाउँपालिका १ च्वाखोलाबाट भित्रिएको चीनिय झिनगिन्टी मदिरा नष्ट गरेको प्रहरी निरिक्षक खड्काले बताए । त्यसै गरि २ पेटी ६७ बोतल क्यानबियर सदरमुकाम सिमकोटबाटै बरामद गरी नष्ट गरेको बताउनु भयो । चंखेली गाउँपालिका १ रिमी गाउँबाट ८ सय ७० लिटर घरेलु मदिरा (जाँड) समेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।त्यसै गरि सिमकोट विमानस्थलमै वेवारिसे अबस्थामा भेटिएको भनिएको मधिरा बनाउने ५० केजी मर्चा नष्ट गरेको जानकारी गराएको छ ।
सिमकोट गाउँपालिकाको च्वाखोला नाका र चंखेली गाउँपालिकाको टाँके नाकाबाट भित्रिएको चीनिया अवैध मदिरा जिल्ला प्रहरी कार्यालय हुम्लाले गाउँमा भित्रीने क्रममा बरामद गरी नष्ट गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्