१५ चैत्र २०८०, बिहिबार

नयाँ दिल्लीको पहाडगंजबाट नौ महिलाको उद्धार

Khabarsabaiko बिहिबार, पुष १२, २०७५

गणेश विक

पुस १२

वैदेशिक रोजगारीको प्रलोभनमा पारी विगत सात महिना देखि कुवेत, दुबई र साउदी लगायत अन्य खाडी मुलुक पुर्‍याउने भनी भारतको नयाँ दिल्लीस्थित पहाडगंजको रिङो होटेलमा महिनौँदेखि राखिएका ९ नेपाली महिलाको उद्धार गरी स्वदेश फिर्ता रिएको छ । दिल्ली पुलिस र के.आई. नेपालको संयुक्त प्रयासमा पुस १० मा उद्धार गरिएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरी ११ पुसमा स्वदेश फिर्ती पश्चात् परिवारमा पुनर्मिलन गराइएको छ ।

नेपालको सुनौली तथा काकर्भिट्टा सिमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमा पार गराइएको र भारतमा लगेर भारतीय दलालले होटेलको एक कोठामा राखी आज भोलि भन्दै सात महिनासम्म आफू लगायत अन्य ८ जनालाई पनि बन्धक बनाई राखेको र ९ मध्ये ७ जनालाई कुवेत १ जनालाई दुबई र १ जनालाई साउदीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी लगिएको पीडितहरूले बताएका छन् । के.आई. नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारी अनुसार विभिन्न ७ जिल्लाबाट फरक फरक व्यक्तिहरूसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीको लागि भारत पुगेका उनीहरूले धन कमाउने, परिवारको आर्थिक अवस्थामा सुधार ल्याई भविष्यलाई उज्वल बनाउने सपना देखेर विश्वासको कारण समस्या भोग्नुपरेको तथा बेचबिखनको जोखिमबाट मुक्त भई स्वदेश फिर्ता हुन पाएकोमा के.आई. नेपाललाई धन्यवाद दिएका छन् ।

मानव बेचबिखनको बदलिँदो स्वरूपसँगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवम् कठिनपुर्ण हुँदै गइरहेको छ जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मूलक पुगेका हजारौँ महिला तथा किशोरीहरू परेका छन् । रोजगारीको लागि भारतको बाटो हुँदै तेस्रो मुलुक पुगेर उनीहरूले भोग्नुपरेको दुःख कष्टलाई हामी कल्पना पनि गर्न सक्दैनौ भने महिलाहरू मानव बेचबिखनको जोखिममा पर्न सक्ने सम्भावना उच्च रहेकोले यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने तथा नेपाल सरकारले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने आजको आवश्यकता रहेको के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताउनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्