१५ चैत्र २०८०, बिहिबार

माथिल्लो हुम्लामा हिमपात,हवाई सेवा अवरुद्ध

Khabarsabaiko शुक्रबार, पुष १३, २०७५

राज शाही
हुम्ला पौष १३
हुम्लाका उत्तरी गाउँहरुमा विहीबार राती १२ बजे बाट हिमपात परेकाे छ । बिहीबार राती बाट परेको हिंपातले शुक्रबार वेलुकी सम्म अत्याधिक चिसो बढेको हो । सदरमुकाम सिमकोटको तापक्रम माईनस १३ डिग्री र चालाको तापक्रम भने माईनस १९ डिग्री पुगेको छ । चाला, मुचु, यारी र लिमीमा गाउँमा भने बाक्लो हिउँ जमेको खवर छ ।
हिमपात संगै आएको हावा बढेकै कारण एक मात्र यातयात सेवा हवाई उडान बन्द भएको होे । हवाई सेवा अवरुद्ध भएपछि जाडो छल्नको लागि नेपालगञ्ज सुर्खेत लगायतका शहरम जाने स्थानीयबासिन्दा लाई समस्या परेको छ । शुक्रबारमा हवाई सेवा अवरुद्ध भएपछि नेपालगञ्ज जान नपाएको चंखेली गाउँपालिका ४ का वीरबहादुर रावलले खबरसबैको डटकम लाई बताए । हिमपातका कारण उच्च क्षेत्रका लेकहरुमा नारा,न्यालु, हिल्सा,मारगोर,मुने र लिमी जाने बाटो समेत बन्द भएका छन् । हिल्सा बाट र्केरीमीगाउँको सल्ली खोला सम्म संचालन हुने यातयात सेवा संचालन बन्द भएको छ। लिमीका लगायतका उतरी भेकमा बासिन्दाहरु चिसोले घर भित्रै बस्न बाध्य भएका तिल बाट डोल्कार तामाङ्गले बताईन । उता पशुबस्तुहरु लाई वनमा चराउन लैजान समेत समस्या भएको बताएका छन । हिमपात संगै चिसो बढे पछि सरकारी गैसरकारी कार्यालयमा सेवाग्राहीहरु अन्य दिन भन्दा आज घटेको प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुगांनाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्