१६ चैत्र २०८०, शुक्रबार

ट्रयाक खुले पछि याङ्चुमा पहिलो पटक गाडी पुग्यो

Khabarsabaiko शनिबार, पुष १४, २०७५

बेलुमाया महतारा
हुम्ला, १४ पुस
कर्णाली करिडोरको सडक खण्ड अन्र्तगत खार्पुनाथ देखि याँक्चु गाउँ सम्मको ट्रयाक खुले पछि गाडी पुगेको छ,। खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु सम्म पहिलो पटक सडक संजालसँग जोडिदा स्थानीय बासिन्दा हर्षित भएका छन् । गाडी पुगे पछि अब सदरमुकाम सिमकोट आउजाउ गर्न सहज भएको खार्पुनाथ गाउँपालिका ५ की पुस्पा शाहीले बताईन । सदरमुकाम सिमकोट पैदल हिँडेर चार घण्टा लाग्ने समय अब समस्या हटने बताए ।
ठेक्का लिएका ठेक्केदारले सडक निर्माणमा ढिलाई गर्दा सडक बाटो अझै जोडन सकेको छैन । दुरदराजका गाउँबस्तीमा अझै गाडी कहिले पुग्ने हो स्थानीय बासिन्दा चिन्त व्यक्त ग।रेका छन ।
तर लामो सयम पछि सडकको कच्ची बाटो खने पनि अपांगता, बृद्धबृद्धा, बिरामी र बालबालिकालाई निक्कै सहज हुन सक्ने खार्पुनाथ पाँच कै धने कामीले बताए ।
कर्णाली करिडोर सडकको ट्रयाक खुले पछि सडकमा गाडी गुडाउने र आन्तरिक सडक यातायातले जोडिने गाउँपालिकाले तयारी गरेको छ। याङ्चु बगरसम्म गाडी पुर्याउन सफल भए पछि स्थानीय बासिन्दालाई आईतबारबाट सेवा नियमित गर्ने खार्पुनाथ यातायात प्रालिका लगानीकर्ता लोकजंग शाहीले बताए। खार्पुनाथ देखि छारे सम्म २२ किलो मिटरमा खार्पुदेखि याङ्चुसम्म चार किलो मिटर सडकको निर्माण कार्य पुरा भएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनीयर शशांक मिश्रले बताए। उनले निर्माण कार्य अगाडी बढि रहेकोले चालु आथिृक वर्षमा यो खण्डको सडक निर्माण कार्य पुरा हुने बताए। सिमकोट देखि खार्पुसम्मको १२ किलो मिटरमा यस अघि नै गाडी संचालनमा आई सकेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्