१५ चैत्र २०८०, बिहिबार

सुत्केरी आमा लाई न्यानो कपडा सहयोग

Khabarsabaiko सोमबार, पुष १६, २०७५

अर्जुन बोहरा सिमकोट पुस १६
हुम्ला– जिल्ला अष्पताल हुम्लामा सुत्केरी गराउने आमा लाई न्यानो कपडा सहयोग गर्दै आएको छ । नेपाल सरकार र युनिसेफको आर्थिक सहयोगमा आमा सुक्षा कार्यक्रम अन्र्तगत आमा र नवजात शिशुको सुरक्षाका लागि न्यानो झोला उपहार दिन थालिएको हो । सरकारी सूचीकृत स्वास्थ्य संस्थामा प्रसूति हुन आउनेलाई आमा र नवजात शिशुको स्याहार सुसारमा सहयोग र्पुयाउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रम ल्याएको जिल्ला अष्पताल हुम्लाका डाक्टर टसी लामाले बताए । स्वास्थ्य संस्थामा प्रसुति हुने महिलालाई न्यानो झोला उपहार दिने गरिएको जिल्ला अस्पताल हुम्लाका निमित्त डाक्टर टर्सी लामाले जानकारी दिएका छन । गुणस्तरिय स्वास्थ्य सेवा र पोत्साहन रमकसँगै न्यानो झोला दिदा यो वर्ष सुत्केरुीको संख्या बढेको डाक्टर लामाले बताए । उपहारस्वरुप दिइने न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, मोजा, यापर र नेम्फिन दुई –दुई जोरको व्यवस्था गरिएको छ ।
स्वास्थ्य संस्थामा प्रसुति हुँदा प्रोत्साहन रकम सँगै न्यानो झोला उपहार पाइने भएपछि हुम्ला जिल्ला अस्पतालमा गत वर्ष भन्दा यो वर्ष सुत्केरीको सख्या बढेको छ ।
गत वर्ष २ सय ६ जना जिल्ला अस्पताल हुम्लाबाटै सुत्केरी गराएका थिए । हाल ६ महिनाको अवधिमा १ सय २० जना सुत्केरीहरुले जिल्ला अस्पताल हुम्लाबाट सेवा लिएको अनमि सरीता बोहराले बताउनु भयो । गर्भवति भएको समयमा ४ पटक जाँच गराउने ५० जना सुत्केरी महिला छन । जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउन आउने महिलाहरुलाई ३ हजार दिने व्यवस्था गरिएको छ । ४ पटक सम्म जाँच गराउन आउने महिलालाई थप ८ सय सुत्केरी भत्ता दिने गरिएको जिल्ला अस्पताल हुम्लाका अनमि बोहराले बताईन ।
हुम्लाका सुत्केरी महिलाहरुलाई युनिसेफ नेपाल बाट २ सय न्यानो झोला, र जिल्ला अस्पताल हुम्लाले ५० वटा न्यानो झोला यस पटक खरिद गरेको जिल्ला अस्पताल हुम्लाले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्