१६ चैत्र २०८०, शुक्रबार

वाहालवाल देखि पूर्व दुई मन्त्रि सम्म वाइडबडी प्रकरणमा मुछिए । कार्वाही या राजीनामा के होला ?

Khabarsabaiko बुधबार, पुष १८, २०७५

पुस १८
काठमाडौं – सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्ष निकालेको छ ।बुधबार लेखा समितिसमक्ष प्रतिवेदन पेश गरेको उपसमितिले वाइडबडी जहाज खरिदमा वहालबाला संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत दोषी ठहर गरेको छ ।
संसदका दुई समिति आकर्षित भएको विषयमा वाइडबडी जहाज खरिद प्रकरण एक समितिअन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको हो। उपसमितिले मोटो रकम अनियमितता भएको निष्कर्षसहित दोषीको पहिचान र कारवाहीको सिफारिस गरेको छ।

अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन अझै टुंग्याउन सकेको छैन भने झण्डै दुई साता समितिमा र १५ दिन उपसमितिमा छलफल गरेर लेखासमितिअन्तर्गतको उपसमितिले भने प्रतिवेदन टुंग्याएको छ। कांग्रेस सांसद राजेन्द्र केसीको संयोजकत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकणसम्बन्धमा अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ। चार काममा गरी यो रकम पुर्‍याइएको छ,। जसमा निरीक्षण अध्‍ययन, खरिदको मूल्यमा अनियमितता र कवोलमा गरेको मूल्यमा गरिएको वृद्धि गरी चार अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको अध्‍ययनले पुष्टि गरेको छ भने खरिद गरिएको यथार्थ कागज पाउन नसकेका कारण यो अनियमितता रकम बढ्न सक्ने देखिएको छ। यस्तै बहालबाला पर्यटनसहित कृष्ण देवकोटा, तत्कालीन पर्यटन सचिव तथा हालका गृह सचिव प्रेम राई र पूर्व सचिव शंकर अधिकारीलाई पनि कारबाहीको सिफारिस गरेको छ उपसमितीको प्रतिवेदनमा यसमा क्लिक गर्ने होस पुरै विवरण छ ।

4 Main Body(1)

यहाँ कमेन्ट गर्नुहोस्