१६ चैत्र २०८०, शुक्रबार

वाइडबडी प्रकरणमा आफु लाई दोषी बनाएको भन्दै शाही द्धारा प्रेस विज्ञप्ती

Khabarsabaiko बुधबार, पुष १८, २०७५

पुस १८ काठमाण्डौ
नेपाल वायु सेवा निगमको वाइडबडी प्रकरणमा छानबिन उप समितीले बास्तबिकता लाई लुकाइ इमानदारी लाई दोस थोपर्ने काम प्रति आरोप लगाएका छन । पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री तथा कर्णाली प्रदेशका प्रतिपक्ष नेता जीवनबहादुर शाहीले एक प्रस विज्ञप्ती निकाल्दै समिति उपर सत्य तथ्य छानविन गरी गर्न अपिल गर्नु भएको छ। आफु माथि खरिद प्रक्रियामा दोषी ठहराई नैतिक जिम्मेवारी लिनु पर्ने निष्र्क निकालेकोले यो गहिरो अध्ययानअनुसुन्धान नभएको बताए । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्ष निकालेको छ ।
बुधबार लेखा समितिसमक्ष प्रतिवेदन पेश गरेको उपसमितिले वाइडबडी जहाज खरिदमा वहालबाला संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव लगायत लाई समेत दोषी ठहर गरेको छ ।
तर पुर्व मन्त्रि शाही भने निगमका अध्यक्षले नै सहिनिदर्हेन दिन नसकेको बैना रकम सटही सुविधा प्रदान गर्न पुर्व मन्त्रि शाहीले निणर्य गरेको भएमा नैतिकता जिम्मेवारी लिने तर हुँदै नभएको कुरा लाई लिएर दोष थुपाने जस्ता यो समितिले गरेकोले कानुनिरुपमा दोषी लाई कार्र्वाहीको माग समेत विज्ञप्तीमा उल्लेख गरिएको छ। संसदका दुई समिति आकर्षित भएको विषयमा वाइडबडी जहाज खरिद प्रकरण एक समितिअन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको हो। उपसमितिले मोटो रकम अनियमितता भएको निष्कर्षसहित दोषीको पहिचान र कारवाहीको सिफारिस गरेको छ।

जसमा निरीक्षण अध्ययन, खरिदको मूल्यमा अनियमितता र कवोलमा गरेको मूल्यमा गरिएको वृद्धि गरी चार अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको अध्ययनले पुष्टि गरेको छ भने खरिद गरिएको यथार्थ कागज पाउन नसकेका कारण यो अनियमितता रकम बढ्न सक्ने देखिएको छ।
यस्तै बहालबाला पर्यटनसहित कृष्ण देवकोटा, तत्कालीन पर्यटन सचिव तथा हालका गृह सचिव प्रेम राई र पूर्व सचिव शंकर अधिकारीलाई पनि कारबाहीको सिफारिस गरेको छ

यहाँ कमेन्ट गर्नुहोस्