१५ चैत्र २०८०, बिहिबार

महंगो हवाई भाडा तिरेरै शिक्षक अन्र्तबार्ता दिँदै

Khabarsabaiko शनिबार, पुष २१, २०७५

अर्जुन बोहरा सिमकोट पुस २१ गते
अस्थायी शिक्षकले आन्तरिक परिक्षाको लिखितमा नाम निकालेका शिक्षकहरुले हुम्ला बाट महंगो हवाई भाडा तिरेरै भय पनि आज अन्र्तवार्त दिएका छन ।
कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा शिक्षक आयोगले संचालन गरेको लिखितमा नाम निकालेका अस्थाई शिक्षकहरुको अन्र्तवार्तामा महंगो हवाई भाडा तिरेर अन्र्तबार्ता दिईरहेको शिक्षक पुष्पा थापाले बताईन ।
शिक्षा आयोगले संचालन गरेको लिखित परिक्षा पटक पटक अन्तिम समयमा आएर स्थगित हुँदा हुम्लाबाट तीन पटकसम्म नेपालगंजमा आएर खर्च गर्नु परेको अन्र्तवार्ता सहभागि कल्पाना रोकायाले बताउनु भयो । पटक पटकको अन्र्तबार्ता सहित चौथो पटक जहाजै चढेर लिखित र मौखिक परिक्षामा सहभागिता जनाउनको लागि एक जना अस्थायी शिक्षकले दुई लाख भन्दा बढि रुपायँमा खर्च भएको बताईन ।आज शनि बार बाट सुर्खेतको विरेन्द्रनगरमा रहेको शिक्षा आयोगले परिक्षा विहान बाट शुरु गरेको छ । तिन पटक सम्म शिक्षा आयोगले स्थतीगत गर्दै आएको परिक्षामा परिक्षा दिन जहाज बाटै आवत गर्नु परेको हिज्योती माविका विज्ञान बिषयका शिक्षक गणेशराज गिरीले बताए । उहाँका अनुसार आफुले तिन पटक गर्दा झण्डै २ लाखा ५० हजार खर्च भएको बताए ।
यस पटकको अन्तवार्तमा अन्तिम मौका भएको कारण मौखिक परिक्षामा सहभागीता जनाउनुु परेको शिक्षक गिरिले बताउनु भयो । सिमकोटबाट नेपालगंजसम्मको हवाई टिकट सात हजार तीन सय छ, भने त्यति नै सिमकोट जाँदा तीर्नु पर्छ । कम्तीमा एक हप्ता अगाडीबाट नै अस्थायी शिक्षकहरु नेपालगंज र सुर्खेता झरेको बताउनु भयो ।
होटलको बास निक्कै महँगो खर्च गरेर नाम निकालेरै जागिर खान पाउने छन् भने अन्र्तबार्तामा नाम ननिकाल्नेले खर्च मात्र हुने देखिन्छ । निमाबीका शिक्षकहरुले ११ देखि १४ गतेसम्म अन्र्तबार्ता भै सकेको छ । प्राथामिक तहको पुस २१ गते आज शनिबारमा हुँदैछ भने माबितहको माघ १० मा अन्र्तवार्त तोकिएको छ । शिक्षा आयोगले होम सेन्टरमा लिखित तथा मौखिक परिक्षा संचालन नगरेपछि सडक संजालले नजोडिएको जिल्लामा हालस महंगो भाडा तिरेरै भए पनि अन्र्तर्वाता दिएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्