१५ चैत्र २०८०, बिहिबार

बजेट कार्यान्वयनमा अहिलेको समयमा पहिलो प्राथामिकता–मुख्यमन्त्री शाही

Khabarsabaiko शनिबार, पुष २१, २०७५

खबर सबैकोडटकम संवादाता पुस २१, सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयन लाई पहिलो प्राथमिकता भएको बताएका छन् ।
कर्णाली प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्रालय, भूमि व्यवस्था द्वारा आयोजित प्रथम चौमासिक समीक्षा गोष्ठीमा बताए ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा संचालन गरेको औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सरकारको पहिलो प्राथमिकता भनेको आव ०७५र०७६सालको बजेट कार्यान्वयन भएको बताए ।
मुख्यमन्त्री शाहीले आर्थिक बर्षको बजेटको प्रभावकारीरुपमा कार्यान्वयनमा लाग्न कर्मचारीलाई निर्देशन दिनु भयो ।
कृषि मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा सहभागी कर्णाली प्रदेशका कृषि तथा पशुसेवाका कर्मचारीलाई सरकारको मर्मअनुसार बजेटको कार्यान्वयनमा इमान्दारिता देखाउन निर्देशन दिनु भयो ।
अहिलेको बजेटको प्रभावकारी कार्यान्वयन गरे मात्रै सुशासन र पारदर्शिता कायम हुने भन्दै शाहीले बजेट कार्यान्वयनमा जानुको विकल्प नरहेको बताए।
बजेट कार्यान्वयन गर्नेको लागि सम्बन्धित ठाउँमा पुगेर कार्यान्वयन हुने नहुने अवस्था तत्काल मन्त्रालयमा जानकारी गराउनपनि कर्मचारी लाई शाहीले निर्देशन दिनु भयो ।
कतै बजेट अभाव हुने र कतै बजेटको दुरुपयोग हुने भएकै कारणल समयमै काम नहुने योजनाको रकम रकमान्तर गरेर अरू काम अगाडि बढाइने बताए । तोकिएको ठाँउमा आवश्यकता महसुस भए मात्रै योजनाहरू कार्यान्वयन गर्ने तथा अध्ययनवाट सम्भावना नभए योजना कार्यान्वयन नहुने मुख्यमन्त्री शाहीको भनाइ छ। हरेक उत्पादनको पकेट क्षेत्र मन्त्रालयद्वारा आयोजित समीक्षा गोष्ठी कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको हरेक उत्पादनको पकेट तोकेर कृषिको विकासमा लाग्नुपर्ने बताएका छन्। कर्णालीको समृद्धिका लागि पहिलो प्राथमिकता कृषि भएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रदेशलाई अर्गा्निक प्रदेश बनाउनका लागि आधार तय गर्ने निर्णय गरिएको बताए। कर्णाली प्रदेश १० वटै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुख, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका निर्देशनालय तथा विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता रहेको कृषि मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्