१६ चैत्र २०८०, शुक्रबार

गाउँपालिकामा आउने बजेट अचार जतिकै भएको अध्यक्ष मल्ल

Khabarsabaiko शनिबार, पुष २१, २०७५

अर्जुन बोहरा सिमकोट हुम्ला पुस २१ गते
ताँजकोट गाउँपालिकाकोे दोस्रो गाउँ सभा सम्पन्न भएको छ । गाउँ पालिका विकासका लागि कार्यक्रम तय गर्ने उद्देश्यका साथ आयोजित सभामा गाउपालिकाले विभिन्न विषय वस्तु माथि छलफल गरेको गाउँपालिका अध्यक्ष वाग्दल मल्ले जानकारी दिनु भयो । सरकारले छुट्याईयको बजेट गाउँपालिकाको विकास का लागि अचार जतिकै भएको समेत अध्यक्ष मल्ले फेसबुक बाट टुइट गर्नु भएको छ । हुम्लाका अति दुगर्म ताँजकोट गाउँपाकिलाले भएकोले केन्द्र प्रदेश सरकारले सुखी नेपाली सम्वृद नेपालको परिकल्पना पुरा गर्ने शिलशिलामा दुरदराजका वस्ति र यहाँ बस्ने बासिन्द हरुको वारेमा पनि केही सोच्न जरुरी रहेकोअध्यक्ष छत्याले बताउनु भयो । स्थानिय निकाया संचालन भएको एक बर्ष पछिको विकाशमा तीव्रता दिनको लागि गाउँपलिकाले दोस्रो गाउँ सभा सम्पन्न गरिएको हो । सभामा कार्यपालिको वैठकबाट पारित गरिएको प्रश्ताव माथि छलफल गरिएको समेत गाउँपालिकाका कर्मचारी लाल प्रसाद ढकाँलले बताए । सभामा कार्यपालिकाले निर्णय गरेका नियम कानुन, कार्यपालिकाको दोस्रो वैठक देखि नवौं बैठकले गरेको निर्णयलाई अनुमोदन, गाउँ पालिकाका विकाशका लागि आर्थिक विनियोजन लगायतका विषयमा छलफल भएको थियो ।
गाउँपालिकामा रहेका विद्यमान समस्यालाई मध्यनजर गर्दै ताजाकोट गाऊपालिका को द्रोस्रो गाउसभा समापन गरीयको छ । गाउँपालिको आधारभूत आवश्यकता शिक्षा,स्वास्थ्य ,विधुत र सडक लाई नै विशेष प्रथामिकतामा राखेएको अध्यक्ष मल्लले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्