१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा हिंपात, तापक्रम माइनस १३ डिग्र जनजिवन कष्टकर

Khabarsabaiko आइतबार, पुष २२, २०७५

अर्जुन बोहरा सिमकोट पुस २२ गते

पश्चिमी वायुका कारण उच्च हिमाली जिल्लाहरुमा हिमपात भएको छ । हिमाली हुम्लाको उच्च भागमा शनिबार राती बाट हिंपात भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानले बताउनु भयो । शनिबार राती साढे ४ बजे देखि हिंपात हुँदा हुम्लाको जनजिवन कष्टकर बनेको छ । आज विहान बाट मौस बदलिई भई दिन भरि हिपात हुन सक्ने सम्भावना छ । सिमकोटको तापक्रम माइनस १३ डिग्रीशेल्सीयस छ । सिमकोट लगायतका गाउँपालिकामा चिसोले गर्दा घर भित्र बाट यताउता निस्कन समेत समस्या भएको छ । उतरी साविकका गाविसका लिमी मुचु खगालगाउँ स्याँडा हेप्क्का र बरगाउँ सिमकोट लगायतका गाउँपालिकाहरुमा हिंपात भएको हो ।
हुम्लामा केहि ठाउँमा वर्षा भएकोे र उच्च भुभागमा हिमपात भएको छ ।सदरमुकाम सिमकोट लगातका क्षेत्रमा बस्ने स्थानीय बासिन्दा आगोको छेउमा बसेर दिन विताएका छन । विहानै पानी लिन जाने अधिकाँस धारमा बरफ जमेको छ । बरफ जम्दा खानेपानीको हाहाकार भएको कैैलाश बोद्धिबोडिङ्गस्कुलका शिक्षक मिगुर लामाले बताए । जिल्लका सरकारी गैरसरकारी कार्यालयका कर्मचारी लाई कार्यालय संचालन गर्न समेत समस्या भएको छ । माथिल्ला हुम्लाका लीमी मुचु लगायतका ठाउँका मानिस चिसो छल्नको लागि आगो बालेर घरभित्रै बसीरहेका छन । हिंपातले एसइइ परिक्षा दिने विद्यार्थी अध्यापनमा समेत प्रभावित बनाएको छ । हिमाली भेकमा रहेको गाउँपालिकामा रहेका विद्यालयहरुमा टिउसन कक्षा संचालन गर्न समेत समस्या भएको मानसरवर माविका शिक्षक अमर बहादुर शाहीले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्