१५ चैत्र २०८०, बिहिबार

अदानचुलीगाउँकार्यपालीकाको बैठक सुरु

Khabarsabaiko मंगलबार, पुष २४, २०७५

कालीबहादुर थापा
श्रीनगर,हुम्ला
अदानचुली गाउँकार्यपालीकाको बैठक आजबाट सुरु भएको छ । अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराको अध्यक्षतामा आज बसेको बैठक गाउँकार्यपालीकाको पुर्ण बैठक हो । आजबाट सुरु भएको बैठक करीब ३ दिन सम्म चल्न सक्ने अध्यक्ष दल फडेराले जानकारी दिनु भएको छ । आज बसेको बैठकमा सबै गाउँकार्यपालीकाका सदस्यहरुले आ आफ्नो धारण राख्ने क्रम सकिएको छ । धारण राख्ने क्रम सकिएलगत्तै गाउँपालीकाको लागि अपुग घर भाडामा लिनको लागि सिलबन्दी आबाहान गर्ने र गाउँपालीकाको केन्द्र साबीकको श्रीनगर राख्ने भनिएता पनि कुन ठाउँमा सबै तरीकाले उपलब्ध छ भनेर टुंगो लगाउनको लागि उपाध्यक्ष सौमती रावल ऐडीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । आज गठित कार्यदलले १५ दिन भित्र गाउँपालीकाको केन्द्र कुन ठाउँमा उपयुक्त छ बढीमा ३ वटा स्थानको नाम सहित प्रतिबेदन पेश गर्ने गरी सहमती भैसकेको पनि अध्यक्ष फडेराले जानकारी दिनु भएको छ ।
को को परे कार्यदलको सदस्यमा
१. सौमती रावल ऐडी संयोजक (उपाध्यक्ष)
२.रग्याथापा सदस्य (वडा नं १ का वडा अध्यक्ष)
३.दलबहादुर बुढा सदस्य (वडा नं २ वडा अध्यक्ष)
४.दत्तबिष्ट सदस्य (वडा न.ं ३ वडा अध्यक्ष)
५.सुरजित्याटमटा सदस्य  (वडा नं ६ वडा अध्यक्ष)

यहाँ कमेन्ट गर्नुहोस्