१५ चैत्र २०८०, बिहिबार

युवा संघद्धारा काठमाडौमा फुटबल प्रतियोगिता

Khabarsabaiko बुधबार, पुष २५, २०७५

राज शाही
हुम्ला २५ , पौष
काठमाण्डौमा अध्ययन गर्दै आएका युवा संघका विद्यार्थीले फुटबल प्रतियोगिता आयोजना गरेका छन् । साविकका गाउँ विकास समिति स्तरिय फुटवल प्रतियोगिता सुरु भएको छ माननिय संसद जिवनबहादुर शाहीको अध्यक्षतामा फुटवल प्रतियोगिता संचालन भएको छ । उक्त प्रनियोगिता काठमाण्डौमा संचालन भएको हो । खार्पुनाथ साविकको गाउँ विकास समितको आयोजनामा संचालन भएको फुटवल प्रतियोगितामा १० वटा टिमले भाग लिएका छन् । काठमाण्डौमा संचालन भएको फुटवल प्रतियोगितामा पुर्व मन्त्री एव हुम्ला निर्वाचन क्षेत्र नं ख का कर्णाली प्रदेश संसद जिवनबहादुर शाहीले उत्घाटन गरेको प्रतियोगितामा विशेष आतिथ्य नेपाली काँग्रेसका हुम्ला जिल्ला सभापति जय पति रोकायाको रहेको थियो । प्रतियोगितामा हुम्लाका साविकका १० वटा गाउँ विकास समितिका युवा खेलाडीहरुले भाग लिएको काठमाण्डौबाट गोविन्द शाहीले बताएका छन् । जसमा ठेहे¸ सिमकोट¸ छिप्रा¸ खार्पुनाथ¸ सर्किदेउ¸ सर्केगाड¸ लाली¸ मैला लगाएतका गाउविकास समितिका खेलाडी समुहले भाग लिएका हुन । उक्त प्रतियोगिता आजबाट सुरु भएको शाहीले बताएका छन् ।


यहाँ कमेन्ट गर्नुहोस्