१६ चैत्र २०८०, शुक्रबार

कर्णाली प्रदेशलाइ कृषि उत्पादनमा मागेर खाने होइन, वेचेर खाने प्रदेश वनाउने हो — मन्त्री केसी

Khabarsabaiko बुधबार, पुष २५, २०७५

खबरसबैको
सुर्खेत २५ पौष

कर्णाली प्रदेशकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशलाइ कृषि जन्य वस्तुहरु मागेर होइन वेचेर खाने वनाउन आफुहरु लागि परेको वताएकी छिन् । कर्णाली प्रदेशको पहिलो प्राथमिकता कृषि उत्पादनमा वृद्धि गर्नु रहेको भन्दै उनले कर्णाली प्रदेशलाइ अर्गानिक प्रदेश वनाउनका लािग आधार निर्माणको व्यापक पहल भइरहेको वताइन् । मन्त्री केसीले उक्त कुरा कृषि ज्ञान केन्द्र जाजरकोटद्धारा आयोजित अर्गानीक मोडेल कृषि कार्यक्रम वारेको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा वोल्दै वताएकी हुन् । मन्त्री केसीले कर्णाली प्रदेश सरकारले किसानहरुलाइ उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिने तथा किसानहरुको वर्गीकरण गर्ने योजना अघि वढाएको पनि वताइन् । अन्तरक्रिया कार्यक्रममा जिल्लाको कुसे गाउँपालिकालाइ अर्गानिक क्षेत्र वनाइएको र जिल्लामा कृषि ज्ञान केन्द्रले गर्ने कार्यक्रमहरुको वारेमा स्थानीय सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र जाजकोटका प्रमुख चित्रवहादुर रोकाय र कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत वखतवहादुर खड्काले फरक फरक अवधारणा पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लाको कुसे गाउँपालिकालाइ पुर्ण रुपमा अर्गानीक वनाउदै जिल्लावको कृषि उत्पादनमा गुणात्मक विकास तथा वृद्धि गर्ने उपायाहरुवारे छलफल भएको थियो । कार्यक्रममा ज्ञान केन्द्र जाजरकोटको कार्य विवरण प्रस्तुत गर्दै केन्द्रका प्रमुख चित्रवहादुर रोकायले जाजरकोटमा १७ प्रकारका कृषि उत्पादनहरुको पकेट क्षेत्र रहेको र खेतीमा विषादी र रसायनिक वस्तुहरुको प्रयोग हटाउने वारे गतिलो पहल गर्न जरुरी रहेको वताए । यस्तै कार्यक्रमाम अर्गानीक खेतीवारे कार्यपत्र प्रस्तुत गर्दै प्रदेशको कृषि मन्त्रालयका कृषि प्रसार अधिकृत खड्काले कृषि उत्पादनलाइ अर्गानीक वनाउन हेरचाह, स्वास्थ्य, निश्पक्ष र वातावरणको सिद्धान्तका आधारमा व्यवस्थित गरिने पर्ने वताए । उनले विष मुक्त खेती नै अर्गानीक खेती भएको भन्दै उनले वाहय कृषि उत्पादन सामाग्रीहरु मल, विउ, मेसिन र विषादीको प्रयोगलाइ न्युनीकरण गर्नु नै यसको उद्देस्य रहेको वताए ।

जिल्ला समन्वय समितिका प्रमुख मनवहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमा नलगाड नगरपालिकाका प्रमुख टेकवहादुर रावल, कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेत, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही, प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत लगाएत वक्ताहरुले जिल्लाको कृषि उत्पादन, अर्गानीक खेती र सरकार तथा स्थानीय सरोकारवालाहरुको लगानी र भुमिकाका वारेमा आफनो मन्तव्य राखेका थिए । उनीहरुले किसान र सरकारका विचमा गतिलो समन्वय गरेर कृषिमा गरिएको लगानी सार्थक वनाउन सकिने धारणा राखेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्