१५ चैत्र २०८०, बिहिबार

कर्णाली बृहत प्रदर्शनी तथा महोत्सव काठमाडौंमा हुदै

Khabarsabaiko शनिबार, माघ ०५, २०७५

खबर सबैको , काठमाडाैं

“हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरूको उत्सव ” मुख्य नाराका साथ यहि फाल्गुन ३, ४ र ५ गते कर्णाली महोत्सव काठमाडौं मा हुने भएको छ।
कार्यक्रमको मुख्य आयोजक “समृद्ध कर्णाली अभियान” र मुख्य प्रर्वद्ध्न  नेपाल पर्यटन बोर्डले गरेको छ ।काठमाडौंको भृकुटी मण्डपमा हुने सो कार्यक्रममा प्रत्यक्ष १ लाख र अप्रत्यक्ष ३ लाख लाई जानकारी तथा सहभागि हुने गरि तयारी भैरहेको आयोजक समितीका संयोजक उपेन्द्र शाही ले जानकारी दिएका छन् ।
कार्यक्रमको मुख्य आकर्षणका रुपमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु हुड्के नाच, बालो, झोडा र मागल नाच, ढाल–तरबार नाच दमाहा नाच, स्याप्रो नाच, बाक्पा नाच र साहित्य जस्ता कर्णाली को संस्कार झल्कीने संस्कृतिक कला प्रस्तुति का साथै कर्णालीमा उत्पादित ताजा कृषि उत्पादन मार्सी चामलको पुलाउ तथा परिकार, सिमि र सिमिका परिकार, आलु र अालुका परिकार, फापर  र फापरका परिकार, चिनो, कागुनो,कुकिज, उवा, जौ, सुप, कोइरो, स्याउ र स्याउका परिकार रहने छन् ।
कार्यक्रमको प्रमुख अातिथ्य राष्ट्रपति विद्यादेवी भण्डारीको र केन्द्र तथा प्रदेशका माननीय मन्त्रीहरु, सांसदहरु, बरिष्ठ संस्कृतिविद लगायतको  रहने जानकारी दिएका छन् । स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, राजनीतिज्ञ, अन्य व्यवसायी, लगानीकर्ता, कलाकार, सरकारी र गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिको र कर्णाली बासि लगायत सम्पुर्ण सरोकारवालाको सहभागिता हुने र साेकाे सम्पुर्ण तयारी भैराखेको  आयोजक समितीका संयोजकले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्