१६ चैत्र २०८०, शुक्रबार

गणतन्त्रको दिवसकै अबसरमा खार्पुनाथ गाउँपालिका लाई यम्बुलेन्स

Khabarsabaiko शनिबार, माघ १२, २०७५

अर्जुन बोहरा

माघ १२ गते
काठमाडौं – मित्रराष्ट्र भारतले शनिबार ७० औं गणतन्त्र दिवसको अबसरमाा नेपालका विभिन्न संघ संस्था लाई ३० वटा यम्बुलेन्स सहयोग गरेको छ । हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । आज काठमाण्डौमा भारतिय राजदुतावासमा एक कार्यक्रमका विचमा हुम्लाको खार्पुनाथ गाउँपालिका लाई यम्बुलेन्स सहयोग गरेको छ । नेपाल स्थिती भारतिय राजदुत मन्जीब सिंह पुरीले एक समारोह विच उद्दघाटन गर्दे नेपालका विभिन्न संघ संस्था,स्थानीय नियका,विद्यालय शिक्षा स्वाथ्य क्षेत्रमा यम्बुलेन्स सहित स्कुलबस सहयोग गरेको छ ।  

शनिबार ७० औं गणतन्त्र दिवसको अबसरमा भारतिय राजदुतले सहयोग गरेको यम्बुलेन्स बुझदै खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावले अब देखि सदरमुकाम सिमकोटमा रहेको जिल्ला अष्पतालमा आपतकालिन विरामी लाई लैजान सहज हुने भएको खुसी व्यक्त गर्नु भयो । उहाँले भारतको ७० औ गणतन्त्र दिवस लाई शुभाकामना तथा बधाई समेत दिनुभयो । हुम्ला जिल्लामा पहिलो पटक यम्बुलेन्स पुग्ने भएको खार्पुनाग गाउँपालिका लेखापाल विशाल बोहराले बताए । नेपालकै ७७ जिल्ला मध्ये सडक नपुगेको जिल्ला हुम्लामा पहिलो पटक खार्पुनाथ गाउँपालिका लाई भारत सरकारले यम्बुलेन्स सहयोग गरेको छ ।
सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा समेत यो दिवस मनाउएको छ । गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेहको छ । भारतले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्