१५ चैत्र २०८०, बिहिबार

राजधानिमा गुन्जियो कर्णालीको सहित्य

Khabarsabaiko शनिबार, माघ १२, २०७५

धनगिरी फडेरा

माघ १२, काठमाडाैं

कर्णालीका साहित्यकारको एक साहित्यिक कार्यक्रमले राजधानि गुन्जिएको छ । रारा साहित्य प्रतिष्ठानको आयोजना र कर्णाली कला संस्कृति प्रतिष्ठानको समन्वयमा रत्न राज्य लक्ष्मि क्याम्पसमा बृहत संयुक्त रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । रचना तथा बाचन कार्यक्रममा कर्णालीका सष्टाले गजल, मुक्तक र गित मार्फत कर्णाली लार्इ चिनाएका छन् ।

कार्यक्रममा कर्णालीका सष्टाहरुले गजल, मुक्तक र गायनका माध्यम बाट कर्णालीको रितिरिवाज, चाचलन, कर्णालीका पिडा, कर्णालीका सम्भावना र संस्कृति लाई झल्काउने प्रस्तुतिले राजधानिमा गुन्ज्याएका छन् ।

कार्यक्रम  प्रेम कैदीकाे प्रमुख अतिथ्य ; गोपाल बम र  केबि सिम्पलकाे बिशिष्ट अतिथ्यतामा सञ्चालन भएको थियो । साे कार्यक्रमका सभापति दलु बुढाले गर्नु भएको थियो ।

राजधानिमा यस्ता कार्यक्रम गदै जाने हो भने देश बिदेश सम्म कर्णालीको पहिचान र कला संस्कृति झल्काउन सकिने र गजल गित मार्फत कर्णालीको संस्कृति लाई जोगार्इ राख्न विभिन्न यस्ता गुन्जन कार्यक्रम सधैं गर्ने र कर्णालीको संस्कृति भेष भुषा लाई जोगाउन लागि पर्ने रारा साहित्य प्रतिष्ठानका अध्यक्ष दलु बुढाले बताए ।कार्यक्रममा कवि, गजलकार, गायक, पत्रकार र साहित्यिक सष्टा तथा सरोकारवालाको उपस्थिति थियो ।

यहाँ कमेन्ट गर्नुहोस्