१६ चैत्र २०८०, शुक्रबार

तरकारीमा विषादी प्रयोगले स्वास्थ्यमा गम्भीर समस्या

Khabarsabaiko मंगलबार, माघ १५, २०७५

खबरसबैको डटकम संवाददाता
माघ १५ काठमाण्डौ
 तरकारीमा बिषादी प्रयोगले पछिल्लो समयमा स्वास्थ्यमा गम्भीर समस्या देखिदै गएको छ । दैनिक उपभोग्य तरकारीमा विषादीको प्रयोग बढ्दै गएपछि दीर्घरोगीहरुको संख्या बढ्दै गएको छ ।
कृषकहरुले बढि उत्पादनको मोहोले विषादी छर्नेको संख्या लाई देखिएको छ । अत्यधिक विषादीको प्रयोगले क्यान्सर, मृगौला लगायतका दीर्घरोग लाग्ने विषादी विज्ञहरुले बताएका छन् । तरकारीमा विषादी प्रयोग गरेको काभ्रेको मण्डनदेउपुरका नागरिकमा स्वास्थ्य समस्या देखिएको छ । किसान राम प्यारी ढकालका अनुसार विषादी हाल्दा तरिका नजान्दा स्वास्थ्यमा समस्या देखिन्छ । १५ बर्षदेखि लगातार विषादी प्रयोग गर्दापनि हातमा पञ्जा र मुखमा माक्स अहिलेसम्म प्रयोग नगरेको ढकालले बताउनुभयो । विषादीको प्रयोग गर्ने महिलामा बाँझोपन देखिने, पुरुषमा शुक्रकिटको अभाव हुने र शरीरका विभिन्न अंगमा असर गर्ने भएकाले सजग हुन विषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली विज्ञ रामकृष्ण सुबेदीले आग्रह गर्नुभयो ।


मण्डनदेउपुरको रानीटार केदार बस्तिमा किरा मार्ने विष अथवा विषादीका कारण ५० वर्षभन्दा माथिका सबैमा मुटुको समस्या देखिन्छ ।  नेपालमा ६ सय ३५ मेट्रिकटन विषादी हरेक बर्ष भित्रिने गर्छ । नेपालमा १२ हजार आठसय ८७ वटा खुद्रा व्यापारीले विषादीको कारोबार गरिरहेका छन् ।  असरको अध्यनपछि सरकारले १५ वटा विषादी प्रतिवन्ध गरिसकेको छ । तीन हजार ३५ किसिमका विषादी अहिलेपनि  प्रयोग  भइरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्