१६ चैत्र २०८०, शुक्रबार

कर्णाली प्रदेशले सबै स्थानीय तहमा ५०० मेघावाट विद्युत निकाल्ने

Khabarsabaiko मंगलबार, माघ १५, २०७५

खबरसबैको संवाददाता माघ १५गते
सुर्खेत –कर्णाली प्रदेशको समन्वय परिषदको बैठकले प्रदेश माताहातका सबै स्थानीय तहमा ५०० मेघावाट विद्युत निकाल्ने प्रतिवद्धता जनाएका छन्।
प्रदेश सरकारकले सबै स्थानीय तहसंग सहकार्य गर्दे कर्णालीको पानी हाम्रो लगानी भन्ने नाराका साथ पाँच सय मेघावाट जलविद्युत निकाल्ने प्रतिवद्धता जनाइएका हुन।
दुईदिनसम्म चलेको कर्णाली प्रदेश समन्वय परिषदको बैठक सम्पन्न भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय तह र प्रदेश सरकारले संयुक्त रुपमा २० बुँदे प्रतिबद्धता पत्र जारी गरेको बारेमा पत्रकार सम्मेलन द्धारा सार्वजनिक गर्नु भयो ।
कर्णाली सरकार,स्थानीय तहले यस भन्दा अघि परम्परागत तरिकाले योजना निर्माण र बजेट विनियोजन गरीएकोले अबका बर्षमा आवश्यकता र समन्वय गरि बजेट निर्माण गरिने मुख्यमन्त्री शाहीको भनाई छ ।उहाँका अनुसार अबका दिनमा प्रदेशका १० वटै जिल्लामा रहेका गाउँपालिकामा कुन योजना कसरी बनाउने भन्ने समन्वय गरेर ठुला ठुला गुरुयोजना बनाउने बाताए । कर्णाली प्रदेश लाई अन्य प्रदेश भन्दा नमुना विकासल आर्थिक,प्रगति र सुशासनका लागि व्यापकरुपमा छलफल गरि अगाडि बढाउने बताए ।
कर्णालीमा पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि स्थानीय तह र प्रदेश सरकारले समन्वय गरि नयाँ भिजन तयार गरिनु पर्ने शाहीले बताउनु भयो । संविधानले दिएको तीन तहको अधिकार र वित्तीय स्रोतको बाँडफाँड गर्दा प्रदेश र स्थानीय तहको आवश्यकतालाई मध्यनजर गर्दै जनसंख्या र भूगोललाई समान भार दिन र सन्तुलित एवं पारदर्शीरुपमा काम गर्नु पनर््े बताए । दिगो र तीव्र रुपमा आर्थिक विकास गर्न नतिजामुखी बजेट कार्यान्वयन, पूर्वाधार, उद्योग, पर्यटन, वन तथा उर्जा विकासमा परियोजना बैंक बनाई काम गरिने प्रतिवद्धतामा उल्लेख गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्