१५ चैत्र २०८०, बिहिबार

तिन करोड जनसंख्यामा बाह्रर हजार शहीद

Khabarsabaiko बुधबार, माघ १६, २०७५

खबरसबैको डटकम माघ १६ गते
काठमाडौं – नेपालको विभिन्न इतिहासका काल खण्डमा शहीदको संख्या झन्डै १२ हजार पुगेको छ। आमुल परिवर्तनको लागि भन्दै विभिन्न समयमा आफनो ज्यानको प्रवाहा नराखी ज्यान गुमाएका छन ।
नेपालको करीब ३ करोड जनसंख्या भएको देशमा १२ हजार शहिद संख्या सुचिकरण गरेको छ। सरकारले हरेक वर्ष आफूअनुकूल शहिदहरुको संख्या थप्दै जाँदा शहिद बास्तवमा को हुन भन्ने अलमलमा परेको छ । सरकारले शहिदको नामकरणको सुची लम्बाउँदै जाँदा शहीदकै अवमूल्यन हुन थालेको हो । राणा शासनमा प्रजातन्त्रका पक्षमा आवाज उठाएको अभियोगमा मृत्युदण्ड दिइएका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई २००७ सालमा प्रजातन्त्र स्थापनापछि शहीद घोषणा गरी माघ १६ गते शहीद दिवस मनाउन थालिएको इतिहास छ।
माथेमा, शास्त्री, श्रेष्ठ र चन्दलाई १९९७ साल माघमा फरकफरक मितिमा फाँसी दिएर र गोली हानेर हत्या गरिएको थियो । तत्कालिन माओवादीको शसक्त जनयुद्ध र २०६२/०६३ को सालको राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफूअनुकूल शहीद घोषणा गर्दा अहिले शदिको संख्या बढेर १२ हजार हाराहारीमा पुगेको छ।
हचुवाका भरमा भने शहीद घोषणा गर्न थालेको भन्दै विज्ञहरूले आपत्ति जनाउँदै आए पनि सरकारले फेरि शहीदको संख्या थपेको छ। एकातिर शहिदको नाम थप्दै जानु र अर्काे तिर शहिदको अवमुल्य भएको छ । जुनसुकै पक्षदरका सरकार आए पनि वास्तवमा देश परिवर्तनका नाममा शहिद भयो भन्दै सुचिकरण गर्नेको दबाब बढेको विज्ञयहरुले बताउँदै आएका छन । गृह मन्त्रालयले शहीदको संख्या १२ हजार हाराहारीमा पुगेको जनाएको छ। केपी ओली नेतृत्वको वर्तमान सरकारले शहीद दिवसका अवसरमा थप दुई हजार आठ सय सातजनालाई शहीद घोषणा गरेको छ।
तत्कालीन माओवादीले सञ्चालन गरेको ‘सशस्त्र युद्ध’ का क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले शहीद घोषणा गरेको हो। उता तत्कालिन माओवादीले पनि जनयुद्धको वेला आफना तर्फ बाट राज्यद्धारा मारिएका शहिदको घोषणको लागि पटक पटक दबाब दिँदै आएको छ । यसअघि शहीदको संख्या नौ हजारभदा बढी पुगेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्