१५ चैत्र २०८०, बिहिबार

श्रीमती लाई बौलाहा आरोप लगाएको भन्दै वडा अध्यक्षविरुद्ध मुद्दा

Khabarsabaiko आइतबार, माघ २०, २०७५

बाजुरा संवादाता माघ २० गते
आफनी श्रीमती लाई बौलाहा महिला शब्दमा सिफारीस गरिएको भन्दै वडाअध्यक्ष माथि मुद्धा दायर गरेको छ ।
बाजुरा जिल्ला हिमाली गाउँपालिका ६का वडा अध्यक्ष जयबहादुर अधिकारीले आफनै सरकारी लेटर प्याडमा ’बौलाहा श्रीमती’ शब्द लेखेका कारण मुद्धा परेको छ ।
दलित जाति र महिला प्रति अपेहेलना र अपशब्दको व्यवाहार गरेको भन्दै दलित अधिकारीकर्मी गोरख सार्कीले मुद्दा दायर गरेको हुन ।
हिमाली गाउँपालिका ७ वडा कार्यालयको च.न.१३९ को सिफारिसमा ’बौलाहा श्रीमतीले लालपूर्जा च्याती जलाइदिएपछि प्रतिलिपि पाउन जिल्ला मालपोत कार्यालय बाजुरालाई सिफारिस गरेको हो ।
मालपोत कार्यालय बाजुरालाई सम्बोद्धन गर्दै उपरोक्त विषयका सम्बन्धमा हिमाली गाउँपालिका ७ बाधु बस्ने सस्त लवारको नाममा भएको लालपूर्जा बौलाहा श्रीमतीले च्याति जलाएकोले फेरि प्रतिलिपि पाउनका लागि यस वडा कार्यालयमा दिएको निवेदनअनुसार निजको छोरा बिस्न लवारलाई प्रतिलिपि दिलाई दिई सहयोग गरिदिन हुन भन्ने शब्द सिफारिसमा अनुरोध समेत गरिएको छ ।
सिफारिस माग गर्ने सस्त लवारको माग निवेदन बमोजिम वडाध्यक्षले पत्र लेखेको बताएका छन्।
उनको सिफारिसलाई लिएर अधिकारकर्मी सार्कीले जिल्ला प्रशासन कार्यालय बाजुरामा मुद्दा दर्ता गरेका छन । उता जिल्ला प्रशासन कार्यलयमा उजुरी दर्ता गर्दै प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वडा अध्यक्षको गैरकानुनी काम भएनभएको छानबिन गरेर कारवाही अगाडि बढाइने बताए।

यहाँ कमेन्ट गर्नुहोस्