१६ चैत्र २०८०, शुक्रबार

सरकार विरोधमा राँके जुलुश

Khabarsabaiko आइतबार, माघ २०, २०७५

रौतहट संवादाता माघ २०

प्रधान मन्त्रि केपी शर्माको सरकारविरुद्ध नेपाली कांग्रेस रौतहटले रौतहटको चन्द्रनिगाहपुरमा आईतबार साँझ मशाल जुलुश प्रर्दशन गरेको छ।
भोलि सबै जिल्लामा हुने बिशाल आम सभाको पूर्व सन्ध्यामा आइतबार साँझ मशाल जुलश निकालेको पार्टी चन्द्रपुर नगर कमिटीका सभापति तथा रौतहट क्षेत्र ४का प्रदेश सांसद धनलाल ठोकरले बताए ।
अहिलेको सरकारको सर्वसत्ताबाद उन्मुख सरकार बिरुद्ध सोमबार बिशाल आम सभाको आयोजना गरेको प्रदेश संसद ठोकरले जानकारी दिनु भयो। यो कार्यक्रम केन्द्रिय पार्टीको निदर्शेन अनुसार आज राती मशाल जुलुशमा प्रर्दशन गरेको प्रदेश सांसद ठोकले बताए । पार्टीका क्षेत्र नं. ४ का सभापति तथा बृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादव, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नवराज देवकोटा, जन ज्योति बहुमुखी क्यामपसका स्ववियु सभापति संगम श्रेष्ठ,पार्टीका जिल्ला सदस्य सुमन गौतम लगायत बिभिन्न तह तप्काका नेता तथा कार्यकर्ताको सहभागिता छ । जुलुश लाई आजै प्रहरी तथा सशस्त्र प्रहरी जवानले नियन्त्रण लिन खोजेको बताए ।
सरकार अधिनायकबाद बनेको भन्दै गुल्मीमा पनि सरकारको बिरोधमा नेपाली कांग्रेसका भातृ संगठनहरूले तम्घास बजारमा साँझ राँके जुलुस निकालेका छन्। सरकार अधिनायकबाद बनेको र संसदलाई बन्धक बनाएको भन्दै बिरोध स्वरुप राके जुलुस निकालिएको नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवहाक अध्यक्ष झबिन्द्र पाण्डेले बताए। नेकपा सरकारले दूई तिहाईको दम्ब देखाएर जनताको मर्मलाई नबुझी अधिनायकबाद लाद्यन खोजेको भन्दै बिरोध स्वरुप राके जुलुस निकालीएको तरुण दल गुल्मीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्