१६ चैत्र २०८०, शुक्रबार

पार्टी एकिकरण टुङगो लगाउन नेकपाको सचिवालयको बैठक बस्दै ।

Khabarsabaiko सोमबार, माघ २१, २०७५

अर्जुन बोहरा माघ २१ गते
काठमाण्डौ पार्टी एकिकरणका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गर्न नेकपाले सचिवालयको बैठक बोलाएको छ । आज बस्ने बैठकमा कार्यदलले अहिलेसम्म गरेको काममाथि छलफल हुनेछ । बैठकमा केन्द्रदेखि स्थानीय तहसम्मको पार्टी एकीकरणका लागि गठन भएको कार्यदलको निष्कर्ष र आगामी रणनीतिका बारेमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटी बैठक बसेको झण्डै डेढ महिनापछि सचिवालयको बैठक बस्न लागेको हो । मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म चलेको स्थायी कमिटी बैठकले एकीकरणका बाँकी काम टुंग्याउनका लागि ९ सदस्यीयक कार्यदल गठन गरेको थियो । आज सचिवालयको बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तय गरिएको छ । तीन महिनाभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको बाँकी काम साढे आठ महिनासम्म नभएपछि आज सचिवालय बैठक बोलाइएको हो । बैठकमा कार्यदलसँग एकीकरणको बिबण मागिनेछ । गत १२ पुसमा सम्पन्न स्थायी समिति बैठकबाट एकीकरणको बाँकी कामको गृहकार्य गर्न बनेको चौथो कार्यदल पनि समयसीमाभित्र प्रतिवेदन बुझाउन असफल भएपछि नेकपाले समीक्षात्मक छलफल गर्ने तयारी गरेको हो । बैठकमा पार्टी र जनसंगठनको एकीकरणसम्बन्धी बाँकी काम, कार्यदलले समयभित्र प्रतिवेदन बुझाउन नसक्नुको कारण, समयसीमालगायतका एजेन्डामा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले बताए । पछिल्लो कार्यदल पनि एकीकरणको बाँकी कामको गृहकार्य सकेर प्रतिवेदन बुझाउन असफल भएपछि सचिवालय बैठक बस्न लागेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्