१६ चैत्र २०८०, शुक्रबार

कालिकोटमा गाँउपालिकालाई सडक हस्तान्तरण

Khabarsabaiko बुधबार, माघ २३, २०७५

धनगिरी फडेरा
माघ २२, कालिकोट

कालिकोट जिल्लाको पचालझरना गाँउपालिका वडा नं ४ मा पर्ने जाजरकोट देखि राम्नाकोट जोड्ने जाजरकोट–राम्नाकोट ग्रामिण सडक निमार्ण गरी ग्रामिण पहुँच कार्यक्रम तेस्रो चरण (RAP3) ले पचालझरना गाउँपालिका लार्ई हस्तान्तरण गरेको छ । नेपाल सरकार र बेलायत सरकारको संयुक्त आर्थिक सहयोग र ग्रामिण पहुँच कार्यक्रम तेस्रो चरण (RAP3) को प्राबिधिक सहयोगमा सन् २०१४ देखि सन् २०१९ सम्म संचालन अबधि रहेको सडक सम्पन्न गरी मंगलबार औपचारिक कार्यक्रमका बिच सडक प्रोफाइल सहित सडक गाँउपालिका लाई हस्तान्तरण गरिएको छ ।
जाजरकोट राम्नाकोट ५.९३ किलो मिटर सडक माननिय सांसद जिवन बहादुर बुढा द्धारा उद्घाटन गरी हस्तान्तरण गरीएको छ । सडक २४ करोड ७० लाख रुपैयाँको लागतमा सम्पन भएको छ ।
परियोजनाका जिल्लाका टिम लिडर रमेश न्यौपाने र  काठमाण्डौं कार्यालयबाट आउनु भएका प्रतिनिधि गोपिचन्द्र उप्रेति, स्थानिय पुर्वाधार विकास डोलिका तर्फबाट प्रतिनिधि ईन्जिनियर बेदराज रेग्मि सहितको टोलीले सडक हस्तान्तरण गर्नु भएको छ ।
गाँउपालिका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रमा बोल्दै अब यो सडकको मर्मत सुधार गाँउपालिकाले गर्ने बताउदै सहयोगी संस्था र दातृ निकायलाई सम्मान पत्र सहित सडकमा काम गर्ने हरु लाई धन्यवाद दिनु भएको छ ।सडक  बनेपछि अावतजावत, सामान ढुवानी र  गाउँमा उत्पादित बस्तु बजार सम्म पुगाउन सहज भएकाे कुरा स्थानिय बासि प्रकास कठायतले बताएका छन् ।
यस अघि शान्तिघाट–सेरा सम्मको १८ किलोमिटर सडक निमार्ण गरी रास्कोट नगरपालिका लाई हस्तान्तरण गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्