०७ बैशाख २०८१, शुक्रबार

मौलिक हक अधिकार बाट बन्चित गराएमा राज्यविरुद्ध मुद्धा हाल्नु पर्ने– अध्यक्ष प्रचण्ड

Khabarsabaiko बुधबार, माघ २३, २०७५

खबरसबैको संवददाता,

माघ २३ गते, सिन्धुपाल्चोक

शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानले मौलिक हकका रुपमा स्वीकार गरिसकेको वेला अब मुलुकमा कोहीपनि बञ्चित हुनुनपर्ने दावी खुलासा गर्नु भयो ।
बुधवार जनयुद्धको उद्गमस्थल कुविण्डेस्थित सेतिदेवी पञ्चकन्या माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष दाहालले नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले लिनु पर्ने बताए ।
अब देखि नेपालीहरुले जो सुकैले स्वाथ्य शिक्षा र रोजगारी बाट बन्चित गराएमा राज्य विरुद्ध मुद्धा हाल्न आग्रह गर्नु भयो ।
सरकारले आम नागरिकले अनुभुति गर्नेगरि काम गर्न नसकिरहेको आरोप लागिरहेका बेला केपी वली नेतृत्वको सरकारले यसबीचमा तीनवटा महत्वपूर्ण काम गरेको उनले बताए । सरकारले दुई छिमेकी भारत र चीनसँगको अप्ठ्यारा समाधान गरेको पनि खुलासा गरे । चीनसँगका ४ बन्दरगाहा विश्वब्यापारका लागि खुला भएको भन्दै उनले यसलाई सरकारको उपलव्धीका रुपमा प्रस्ट्याए । भारतबाट सजिलै सामान आउने अवस्था बनिरहेको चीन र भारत दुवै देशतर्फ रेलमार्ग निर्माणको प्रक्रिया अघि बढेको पनि बताए । असोज ३ मा सवै कानुनहरु ल्याएर सरकारले संवैधानिक संकटको खतरा टार्दै शिक्षा, स्वास्थ्य र रोजगारीका कुरालाई मौलिक अधिकारकै रुपमा व्यवस्था गरेको उनले बताए ।
चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित यस विद्यालयमा कृषि क्याम्पस सञ्चालनका लागि पहल गर्ने उनले प्रतिवद्धता समेत गरे । सिन्धुपाल्चोकसँग आफ्नो राजनैतिक सम्वन्ध मात्र नभई भावनात्मक सम्वन्ध नै रहेको भन्दै उनले जनयुद्ध, जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकसँग भावनात्मक रुपमा नजिक बनाएको उनले बताए । ‘युद्धको अन्तिम तयारी भइरहँदा ०५२ सालमा आएँ, त्यसपछि जुरे पहिरो र भूकम्पमा म सिन्धुवासी जनतासँग सँगसँगै रहें’, उनले विगत सम्झिए । जनयुद्धमा कुविण्डेमा २४ जनाले ज्यान गुमाएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्