१५ चैत्र २०८०, बिहिबार

भारतमा गोली हानाहान हुदाँ १० भारतीय माओवादीको मृत्यु

Khabarsabaiko बिहिबार, माघ २४, २०७५

नयाँ दिल्ली, २४ माघ गते
मध्य भारतीय राज्य छत्तिसगढमा आज सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा १० माओवादी लडाकुको मृत्यु भएको छ । छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट तीन सय ६५ किलोमिटर टाढा रहेको भैरामगढमा भिडन्त भएको हो । भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकु मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा झडप भएको बताइएको छ । झडपको क्रममा १० शव र दश ओटा राइफल फेला परेको र अझै पनि सुरक्षा कारबाही जारी रहेको सरकारी अधिकारीले जनाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्