१६ चैत्र २०८०, शुक्रबार

दैलेखमा प्रदेश स्तरिय व्यापार मेला हुँदै

Khabarsabaiko बिहिबार, माघ २४, २०७५

दैलेखमा प्रदेश स्तरिय व्यापार मेला हुँदैहिक्मत नेपाली, दैलेख
दैलेखमा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन तथा औधोगिक व्यापार मेलाको आयोजना गरिने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ र दैलेख उद्योग बाणिज्य संघ दैलेखको संयुक्त आयोजनामा दैलेख महोत्सब २०७५ संचालन हुने भएको हो । महोत्सबको प्रारम्भिक चरणहरु पार भएसंगै दैलेख उद्योग बाणिज्य संघ दैलेखमा आयोजित बृहत छलफल कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघ दैलेखका महासचिव राजेश कुमार हमालले आगामी फागुन १७ देखि २७ गतेसम्म महोत्सब संचालन हुने जानकारी दिनुभयो ।

महोत्सब तयारी समितिको अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले महोत्सबबाट करिब ३९ लाख बराबर कारोवार हुनसक्ने अनुमान गरिएको बताउनुभयो । १६ देखि २० लाखसम्म आम्दानी हुन सक्ने बताउनुहुँदै कार्यवाहक अध्यक्ष खत्रीले महोत्सबका लागि विभिन्न निकायमा प्रश्तावना पेश गरिरहेको जानकारी दिनुभयो । महोत्सब तयारी समिति गठन गरिएको भएपनि महोत्सब मुल समारोह समिति र उप–समितिहरु गठन गर्न बाँकी रहेको उहाँको भनाई छ । महोत्सबबाट आम्दानी भएको रकमबाट जिल्लामा हाटबजार संचालनमा ल्याउने उदेश्य राखिएको कार्यवाहक अध्यक्ष खत्रीको भनाई छ ।

दैलेख बजारलाई व्यवसायिक केन्द्र बनाउने योजना सुनाउनुहुँदै कार्यवाहक अध्यक्ष खत्रीले महोत्सब अबधीभर जिल्लाका ११ वटै स्थानीय तहको साँस्कृतिक झलकहरु, स्थानीय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनुका साथै स्थानीय उद्यमीले उत्पादन गरेको कृषिजन्य बस्तु प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो ।कार्यक्रममा बोल्नुहुँदै नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले जिल्लाको आर्थीक समृद्धि र विकासका लागि मेला महोत्सबले सघाउँ पु¥याउने बताउनुभयो । स्थानीय स्तरको कला संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताउँनुहुँदै नगरप्रमुख खड्काले आम दैलेखबासी एकजुट नभएसम्म जिल्ला समृद्ध हुन नसक्ने उहाँको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्