०५ बैशाख २०८१, बुधबार

पोखरामा भएको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता स्थगित

Khabarsabaiko बिहिबार, माघ २४, २०७५

खबरसबैको संवादाता माघ २४ गते
पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज हुने भनिएको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । पोखरा रंगशालामा आज विभागीय टिम एपीएफ र जापानको रिस्सो विश्वविद्यालयबीच खेल हुने तालिका रहेको थियो । तर, लगातारको बर्षाको कारण खेल स्थगित गरिएको आयोजकले जनाएको छ । कास्की जिल्ला फुटबल संघका महासचिव रमेश कार्कीका अनुसार एपीएफ र रिस्सोबीचको खेलबारे भोली तय हुनेछ । प्रतियोगिताको क्वाटरफाइनलमा एपीएफले थ्री स्टार क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । यता, रिस्सो विश्वविद्यालयले नेपाल पुलिसको चुनौती पन्छाउँदै सेमिफाईनल यात्रा तय गरेको थियो । एपीएफको टोली मोफसलको प्रतियोगितामा फाईनल पुग्न सकेको छैन । रिस्सो पहिलो खेल खेल्न नेपाल आएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्