१५ चैत्र २०८०, बिहिबार

राष्ट्रपति भण्डारी सँग तीन राजदूतले लिए सपथ

Khabarsabaiko शुक्रबार, माघ २५, २०७५

खबरसबैको संवादाता माघ २५,
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान आयोजित एक विशेष समारोहमा संयुक्त राष्ट्रसंघ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई राष्ट्रपति भण्डारीले शपथ खुवाउनु भयो ।
त्यसैगरि इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले पनि भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिइन्। समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित रहेको राष्ट्रपति कार्यलय श्रोतले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्